इथोपियन एयरलाइन्सले नेपाल उडान गर्ने
###
|
२३ असोज, काठमाडौं । दुई दर्जन बढी विदेशी एयरलाइन्सले सेवा दिइरहेको नेपालको अन्तर्राष्ट्रिय उडानमा एउटा अफि्रकन कम्पनी थपिएको छ । इथियोपियाको सरकारी कम्पनी इथियोपियन एयरलाइन्सले नेपालका लागि सेल्स तथा सर्भिस एजेन्टमा एक्सप्लोर हिमालय गु्रपलाई नियुक्त गरेको छ । तीन हप्ताभित्रै कम्पनीले नेपालमा यात्री र कार्गोको लागि टिकट बिक्री सुरु गर्ने जनाएको छ । एक्सप्लोर हिमालयका अध्यक्ष सुमन पाण्डेले इथियोपियन एयरलाइन्सले आफूहरुलाई जिम्मेवारी दिएपछि नेपालको पर्यटन उद्योगमा आफ्नो योगदान बढाउन प्रेरणा र दबाब दुवै परेको बताउनुभयो ।
सन् १९४५ मा स्थापित इथियोपिन एयरलाइन्स अफि्रकाको प्रमुख र गतिशील कम्पनी हो । यसका ६५ विमानले अफि्रका, एसिया, मध्यपूर्वमा ७५ भन्दा बढी गन्तव्यमा उडान भरिरहेका छन् । बोइङ ७८७ डि्रमलाइनरसमेत भएको इथियोपिन एयरलाइन्स स्टार एयरलाइन्सको सदस्य हो । यस कम्पनीले हाल नेपालका छिमेकी सहर दिल्ली र मुम्बई तथा बैंककमा दैनिक उडान गर्दै आएको छ । नेपाल नयाँ गन्तव्य भए पनि नेपालीलाई सेवा दिएको पुरानै अनुभव यो कम्पनीसँग छ । अफि्रकामा शान्ति सेनामा खटिएका नेपाली सेनालाई यो एयरलाइन्सले पहिलेदेखि सेवा दिंदै आएको छ ।
####
.jpg)





0 comments
Write Down Your Comment