दोलखाको मेलुङमा बस दुर्घटना, प्रहरी जवानको मृत्यु
###

२३ असोज, काठमाडौं । दोलखाको मेलुङमा बुधबार दिउँसो भएको बस दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । ४ जना घाइते भएका छन् । काठमाडौंबाटै मेलुङको सिस्नेरी जाँदै गरेको बस मेलुङ-३ जोगी गाउँमा दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परि दोलखाको डाँडाखर्क ९ घर भएका २९ वर्षीय प्रहरी जवान दीपात सिंह तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका मध्ये ३ जनाको अवस्था गम्भीर छ ।
####

0 comments

Write Down Your Comment