माओवादीको बहुमत सुनिश्चित भइसक्यो : प्रचण्ड
###

१४ कात्तिक, म्याग्दी । एमाओवादी अध्यक्ष प्रचण्डले माओवादीको जित सुनिश्चित भइसकेको दावी गर्नु भएको छ । म्याग्दीमा बिहीबार भएको चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले तराई मधेसमा माओवादीको पक्षमा लहर आएको दावी गर्नुभयो ।
‘यो पटकको निर्वाचनमा हामीले प्रष्ट बहुमत ल्याउनुपर्छ र संविधान बनाउन संघीयता र गणतन्त्र पक्षधरको स्पष्ट दुई तिहाई बहुमत आउनुपर्छ’ उहाँले भन्नुभयो-’मैले सिरहाबाट र बाबुरामजीले रुपन्देहीबाट उम्मेदवारी दिनु भएको छ । हामीले के देखेको छु भने यो पटक हाम्रो बहुमत सुनिश्चित छ ।’
बैद्य माओवादीलाई लक्षित गर्दै प्रचण्ड आफूहरुसँग रिसाउनु भनेको जनताबाट टाढिनु भएको बताउनुभयो । ‘हामीसँग जति रिसाउनुहुन्छ, त्यति जनताबाट चाढिनुहुन्छ’ माओ र माक्र्सले जनता जहाँ छ त्यहाँ जान सिकाएको भन्दै भन्दै उहाँले भन्नुभयो-’जनतासिंगै एमाओवादीतिर लागेको छ । उहाँहरु चाही कता हो कता, कांग्रेसतिर, राप्रपाको नजिक नजिक जानु भाको छ, के विचित्र र विडम्बना हो ? ‘ माओवादी अध्यक्ष प्रचण्डले कांग्रेस र एमालेका कारण संविधान बन्न नसकेको आरोप लगाउनुभयो ।
####

0 comments

Write Down Your Comment