भक्तपुरका किसान व्यावसायिक गाईपालनतर्फ आकर्षित
###

२ कात्तिक, भक्तपुर । भक्तपुरका किसान पछिल्लो समयमा व्यावसायिक गाईपालनतर्फ आकषिर्त हुँदै गएका छन् । केही वर्ष अगाडिसम्म एक घरमा एउटामात्र गाईपालन गर्दै आएका किसान अहिले तीनदेखि १० वटासम्म गाई पालेर दुग्ध व्यवसायतिर आकषिर्त भएका हुन् । स्थानीय ताथली गाविसका किसान सानुभाइ गिरीले आफूले विगत पाँच वर्ष अघिदेखि व्यावसायिकरूपमा गाई पाल्दै आएको उल्लेख गर्दै गाईपालनबाटै आˆनो दैनिक घरखर्च, बालबच्चाको पढाइ, बिरामी पर्दा उपचार खर्च र चाडबाडको गर्जोसमेत टार्ने गरेको बताउनुुभयो ।


तीनवटा गाईको दूध बेचेर मासिक रु २० हजार सजिलै आम्दानी गर्न सकिएको भन्दै उहाँले यहाँका बासिन्दा भँैसीभन्दा गाईपालनतर्फ आकषिर्त भएको बताउनुभयो । मुख्यतः गाईलाई घाँसको आवश्यक पर्छ तर पर्याप्त घाँस खुवाउन नसक्दा दाना खुवाउनुपर्छ, उहाँले भन्नुभयो । घाँस पर्याप्त हुने हो भने खासै दानाको आवश्यक नपर्ने उहाँ बताउनुहुन्छ । चार वर्षअघिदेखि व्यावसायिक गाईपालन गर्दै आएकी कटुञ्जेकी किसान रमा खड्काले पनि व्यावसायिक गाईपालनबाट जीवन धान्न सजिलो भएको बताउनुभयो । तीनवटा गाई पाल्दा परिवारको खर्च धान्न र बचत गर्न कुनै समस्या नभएको बताउनुभयो । जीवन धान्ने आधार नै गाईपालन बन्न थालेपछि भक्तपुरका १६ वटा गाविसका बासिन्दा यसतर्फ आकषिर्त भएका हुन् ।


जिल्ला पशुसेवा कार्यालय भक्तपुरले गाईपालक किसानलाई सरसल्लाह र तालिम दिने गरेको जनाएको छ । कार्यालयका प्रमुख खगेन्द्रराज भट्टले कतिपय किसानले समूहमा आबद्घ भएर र कतिपयले व्यक्तिगत किसिमले व्यावसायिक गाईपालन गर्ने गरेको बताउनुभयो । भक्तपुर गाईपालनतर्फ आकषिर्त हँुदै गएपछि पशुसेवा केन्द्र थप गर्दै लगिएको, चिकित्सक एवम् प्राविधिकको टोली थप गरिएको, साँडेको अभाव भएपछि उन्नत जातको गाईको बिज ल्याएर कृत्रिम गर्भाधारणको कार्यलाई व्यापक बनाइएको उहाँले बताउनुभयो । भक्तपुर जिल्लामा गाईको सङ्ख्या २५ हजारभन्दा बढी रहेको कार्यालयले जनाएको छ । गाईको सङ्ख्यामा वृद्धि भएपछि डाले घाँसको बीउ वितरणलगायतका कार्यसमेत गरिएको छ । रासस
####

0 comments

Write Down Your Comment