###
|
काठमाडौं। चुनावी माहौल तात्दै जाँदा मोहन वैद्य नेतृत्वको नेकपा माओवादीका बहिस्कारवादी क्रियाकलाप पनि तात्न थालेका छन्। कुनै हालतमा चुनाव हुन नदिन कस्सिएको नेकपा माओवादीबाट हुन सक्ने अप्रत्याशित घटनातर्फ समेत सचेत हुँदै सरकार काउन्टर रणनीतिमा जुटेको छ। नेकपा माओवादीको बहिस्कार आन्दोलनमा अन्तिममा एमाओवादीका कार्यकर्ता समेत भित्रभित्रै मिसिने अपुष्ट सूचनाहरूपछि सरकार अझ गम्भीर बनेको छ।
अहिलेसम्मको आँकलनबाट पहिलो पार्टी बन्ने सम्भावना नदेखिएपछि प्रचण्ड बाबुराम समूह बैद्यको आडमा लागेर मंसिर ४ को चुनाव बिथोल्ने खेलमा लाग्ने आशंका अन्य पार्टीका नेताहरूले पनि गर्न थालेका छन्।
चुनावको मिति नजिकिदै जाँदा बैद्य पक्षको बहिस्कार आन्दोलन हिंसात्मक बन्ने संकेतहरू देखिएका छन्। उम्मेदवारलाई अवरोध गर्ने, आक्रमण गर्ने र उम्मेदवारका सवारी साधन आगजनी र तोडफोड गर्ने अभियान तीब्र बनाएको नेकपा माओवादीले चार पार्टीका शीर्षनेताहरूलाई मुख्य निशाना बनाउने भएको छ। तिहारपछि शीर्षनेताहरूलाई केन्द्रित गरेर आक्रमण थालिने माओवादीका एक नेताले बताए। चार पार्टीका शीर्षनेताहरूमध्ये आक्रमणको पहिलो निशाना एमाओवादी अध्यक्ष प्रचण्ड हुनेछन्। त्यसपछि कांग्रेस सभापति सुशील कोइराला, एमाले अध्यक्ष झलनाथ खनाल र मधेशी मोर्चाका बिजय गच्छदार निशानामा पर्ने स्रोतले जनाएको छ।
आफूहरूलाई राजनीतिको मूलधारमा अटाउन नदिन प्रमुख भूमिका प्रचण्ड र बाबुरामले खेलेको बैद्य र बादलहरूको ठहर छ। त्यसमा एमाले अध्यक्ष झलनाथ खनाल र कांग्रेस सभापति सुशील कोइराला तथा उपसभापति रामचन्द्र पौडेल र मधेशी मोर्चाका बिजय गच्छदारले साथ दिएको बैद्यको भनाइ छ। एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल, केपी ओली र कांग्रेस बरिष्ठ नेता शेरबहादुर देउवा आफूहरूप्रति लचिलो बन्दाबन्दै पनि उनीहरू पनि लतारिएको निष्कर्ष बैद्य समूहले निकालेको छ। तिहार लगत्तै शीर्षनेताहरूलाई केन्द्रित गरेर आन्दोलनका कार्यक्रम अघि बढ्ने र चुनाव बिथोल्ने योजना बैद्यको छ।
‘हेर्दै जानुहोस् मंसिर ४ मा चुनाव हुन सक्दैन, हामी हुन दिन्नौं। मान्छेहरूले पत्याएका छैनन् तर हामी त्यस्तो तयारीमा छौं’ नेकपा माओवादीका एक प्रभावशाली पोलिटव्यूरो सदस्यले भने ‘यो चुनाव हुन दिन्नौं, जबर्र्जस्ती व्यारेकमा चुनाव गराइए पनि प्रचण्ड लगायत दलालहरूलाई हराउन हाम्रो भूमिका हुन्छ। सिरहा ५ मै प्रचण्ड हार्दैछन्, काठमाडौंम्ाा पनि उनलाई हराउन हामी नै काफी छौं’। मोहन वैद्यले बहिस्कार शान्तिपूर्ण हुन्छ भन्ने तर विप्लवले सशस्त्र हुन्छ भन्ने कुरा नमिलिरहेका बेला यसलाई विश्लेषकहरूले नेकपा माओवादीको रणनीतिका रुपमा बुझेका छन्। चुनाव सफल भएमा माओवादीको राजनीतिक भविष्य संकटमा पर्ने भएकाले पनि यो चुनाव असफल पार्न बैद्य पक्षले जे पनि गर्न सक्ने अनुमान विश्लेषकहरूको मात्र होइन सुरक्षा निकायको पनि छ।
एम्ााओवादी अध्यक्ष प्रचण्ड पछिल्लो समय जहाँ पुगे पनि नेकपा माओवादीबाट अवरोध झेल्नुपरेको र जनताको समर्थन पनि पहिले जस्तो नदेखिएपछि निराश बनेका छन्। जनयुद्धका प्रमुख कमाण्डरहरू र लडाकु तथा समर्थकहरूको अभावमा बिभिन्न पार्टीका बद्नाम तथा तिरस्कृतहरूलाई पार्टीमा भित्र्याउनुपर्दा प्रचण्ड पनि सन्तुष्ट छैनन्। तर चैतेहरूलाई भित्र्याउनु आफ्नो बाध्यता भएको प्रचण्डले बताउने गरेका छन्। चुनाव जति गरे पनि सोचे जस्तो नहुने भएपछि प्रचण्ड पनि भित्रभित्रै बैद्यहरूले भाँडिदिए हुन्थ्यो भन्नेमा छन्। तर अब सरकार भने चुनावका लागि सबै शक्ति खर्चिने मोडमा छ। उम्मेदवारहरू पनि अब चुनावी मैदानबाट ब्याक हुने अवस्था छैन। दैनिक लाखौं रुपैया खर्च गरिरहेका उम्मेदवारहरूले नै नमान्ने र मुलुक चुनावी माहौलमा होमिइसकेकाले पनि जस्तोसुकै अवस्थामा समेत चुनाव हुने अवस्था बनेको छ। चुनावका लागि अन्तर्राष्ट्रिय समर्थन समेत अभूतपूर्व रहेकाले केही नलागे कात्तिक २५ अघि नै नेकपा माओवादीका केही शीर्षनेताहरूलाई नजरबन्दमा राख्ने र बहिस्कारमा लाग्ने तथा अवरोध पुर्यानउनेहरूलाई मुद्दा चलाएर भने पनि चुनाव सफल बनाउने रणनीतिमा सरकार लागेको छ।
####
.jpg)


.png)


0 comments
Write Down Your Comment