कपिलवस्तु १ को चुनाव स्थगित
###
|
काठमाडौं, कात्तिक २१ - निर्वाचन आयोगले कपिलवस्तुको निर्वाचन क्षेत्र नम्बर १ को चुनाव स्थगित गरेको छ ।
कपिलवस्तु क्षेत्र नम्बर १ का तराई–मधेस लोकतान्त्रिक पार्टीका उम्मेदवार सराफत खाँको निधन भएका कारण त्यो क्षेत्रको चुनाव मंसिर ४ गते नहुने भएको हो ।
चुनाव हुन १५ दिनभन्दा कम समय बाँकी रहेको अवस्थामा कुनै उम्मेदवारको निधन भएमा त्यो क्षेत्रको चुनाव स्थगित हुने व्यवस्था छ । स्थगित भएको कपिलवस्तुको निर्वाचन तालिका छिट्टै प्रकाशित गरिने निर्वाचन आयोगले जनाएको छ ।
####
.jpg)




0 comments
Write Down Your Comment