पृथ्वीतिर खस्दै छ यो भुउपग्रह,कहाँ खस्छ कसैलाइ थाहा छैन्
###
|
युरोपियन स्पेस एजेन्सीको भुउपग्रह पृथ्वीतिर खस्दै छ। जिओसिइ नाम गरेको यो उपग्रह अन्तरिक्षबाट पृथ्वीतिर तिब्र गतिमा झरिरहेको छ तर कहाँ खस्दछ भनेर कसैलाइ थाहा छैण्। यसलाइ अन्तरिक्षना प्रक्षेपण गर्ने युरोपियन स्पेस एजेन्सी पनि यसका बारेमा जानकार छैन्।
त्यसैले अबका केही दिन तपाई हामिले आकाशमा हेरेर हिड्नु पर्ने भएको छ, जहाँ पनि जतिखेर पनि खस्द सक्दछ यो उपग्रह। करिब १ टन तौल भऐको जिओसिइ आइतबार वा सोमवार पृथ्वीमा बजारिने संभावना छ। यो उपग्रह वायुमण्डलमा प्रवेश गर्ने बितिकै ४५ टुक्रामा विभाजित हुने र पृथ्वीसम्म आइपुग्दा एउटा टुक्रा २ सय पाउण्डसम्मको हुन सक्दछ ।
तर कहाँ खस्छ भनेर अनुमान लगाउन गाह्रो छ। जिओसिइका मिसन म्यानेजर रुनी फ्लोबरघगेनका अनुसार जिओसिइ बिना इन्जिनको विमान झैं पृथ्वीतिर झरिरहेको छ। यसलाइ युरोपियन स्पेस एजेन्सीले सन २००९ मा पृथ्वीको ग्र्याभिटेसनल फिल्डको अध्ययन गर्न ४ सय ५० मिलियन डलरको खर्चमा अन्तरिक्षमा प्रक्षपण गरेको थियो। यो भुउपग्रहमा कुनै किसिमको आणविक वस्तु भने छैन् इन्धनको लागी यसमा सोलार प्यानेल राखिएको थियो। यसमा सामान्यतया प्रयोग गरिने लिथियन आयोन बेट्री प्रयोग गरिएको छैन्।
####
.jpg)





0 comments
Write Down Your Comment