एमालेको सभामा बम विस्फोट, ४ घाइते
###
|
ताप्लेजुङ, कात्तिक २३– ताप्लेजुङ क्षेत्र नम्बर २ को खोक्लिङ गाविसमा नेकपा एमलेको सभा नजिकै शनिबार दिउँसो बम विस्फोट हु्ँदा ४ जना घाइते भएका छन् ।
बम विस्फोटमा परी रेनुका अधिकारी र मानबहादुर विश्वकर्मा गम्भीर घाइते हुनुभएको छ भने अरु सामान्य घाइतेहरुको नाम थाहा हुन नसकेको सभामा सहभागी ईश्वरी भट्टराईले जानकारी दिनुभयो ।
जिल्ला सदरमुकामबाट ४ घण्टाको पैदल दुरीमा पर्ने खोक्किङमा कार्यक्रम भइरहेको बेला बम विस्फोट भएको हो । बम पड्किएको ठाउँमा अर्को नपड्किएको बम पनि फेला परेको छ । बमलाई निष्क्रिय बनाउन सेनाको डिस्पोजल टोली गएको छ ।
####
.jpg)




0 comments
Write Down Your Comment