###
|
काठमाडौं, कार्तिक २३ । संविधानसभाको निर्वाचन नजिकिदै गर्दा विभिन्न राजनीतिक दलका उम्मेदवारहरु घरदैलोमा पुगेर भोट मागीरहेका छन् । काठमाडौं निर्वाचन क्षेत्र नम्बर–५ मा पनि ठूला र साना राजनीतिक दलका उम्मेदवारहरु घरदैलोमा व्यस्त छन् ।
राप्रपा नेपाल काठमाडौं क्षेत्र नम्बर–५ का प्रत्यक्ष र समानुपातिक उम्मेदवारहरु पनि घरदैलोमा व्यस्त छन् ।
ठूला पार्टीले जनतालाई धोका दिएकाले मतादाताहरु साना पार्टीतर्फ आकर्षित भएको उनीहरुको भनाई छ ।
संविधान निर्माण गर्ने र स्थानीय विकासलाई प्राथमिकतामा राखेर आफूहरु घरदैलोमा निस्केको उनीहरुको भनाइ छ ।
हिन्दू राज्य कायम गर्ने र धरापमा परेको राष्ट्रियता बचाऔं भन्ने नारा लिएर राप्रपा नेपाल घरदैलोमा निस्केको हो । बुढानीलकण्ठ घरदैलो कार्यक्रममा व्यस्त रहेका राप्रपा नेपालका प्रत्यक्ष उम्मेदवार राजाराम श्रेष्ठले राष्ट्रियता, राष्ट्रिय अखण्डता, प्रजातन्त्र र सनातन हिन्दूराष्ट्रको रक्षार्थ आफ्नो उम्मेदवारी रहेको बताए ।
राप्रपा नेपालले ५ वर्षभित्र लोडसेडिङको अन्त्य, १५ वर्षभित्र सबै नेपालीलाई रोजगारीको ग्यारेण्टीलगायतका प्रतिबद्धता जनाएको छ
####
.jpg)




0 comments
Write Down Your Comment