###
|
अन्तत कात्तिक २४ अर्थात आइतबार हुने भनिएको ‘छैटौ नेफ्टा फिल्म अवार्ड’ पौष १० गते हुने पक्का भएको छ । कार्यक्रमको मलेसिया आयोजनाको जिम्मा लिएका सुवास गिरीले अनलाइनखबरलाई अवार्ड हुने पक्का भएको बताएका हुन् ।मलेसियाको चर्चित स्थान पुत्राजायको पुत्राजाय हलमा हुन लागेको यो अवार्डमा नेपाली सिनेमाका १ सय भन्दा बढि कलाकार तथा चलचित्रकर्मीको सहभागिता रहनेछ ।
नेपाल चलचित्र प्राविधिक संघसँग सल्लाहा गरेर अवार्डको मिति तय गरिएको सुवासले बताएका छन् । क्रिसमसको बिदा पर्ने भएकाले पनि दर्शकको सहभागिता उल्लेख्य हुने आयोजकको विश्वास छ । मलेसिया तथा विभिन्न देशका कलाकारको समेत सहभागीता हुने भनिएको अवार्ड कार्यक्रमको उद्घाटन मलेसियाका पर्यटन मन्त्रीले गर्ने बताइएको छ ।
अवार्ड कार्यक्रमलाई भव्य बनाउन आयोजकले कुनै कसर बाँकी नराख्ने बताएको छ । जसमा नेपालबाट जाने कलाकारका लागि कडा सुरक्षाको समेत व्यवस्था गरिनेछ । प्रत्येक कलाकारलाई एक र आवश्यकता परे एक भन्दा बढि बडिगार्डको व्यवस्था गरिनेछ । अवार्ड कार्यक्रमलाई भव्य बनाउन कलाकारहरुले पनि आवश्यक तयारी गरिसकेका छन् ।
####
.jpg)




0 comments
Write Down Your Comment