###
|
मकवानपुर, कात्तिक २३ – हिजोआज एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जता पुग्नुहुन्छ, त्यहाँ नेकपा–माओवादीले यातायात बन्द गर्ने गरेको छ ।
यही क्रममा शनिबार मकवानपुरबाट चितवन हुँदै नवलपरासी जाने प्रचण्डको कार्यक्रमलाई लक्षित गर्दै माओवादीले तीन जिल्लामा बन्द आह्वान गर्यो । चितवनका बिभिन्न ठाउँमा सडक अवरोध गर्न शंकास्पद बस्तु नै राखिएको थियो ।
नेकपा–माओवादीको बन्द झेल्दै हिँडेका प्रचण्डले यो बन्दले आफूलाई नै सहयोग गरेको बताउनुभएको छ ।
शनिबार विहान हेटौंडामा भएको कार्यक्रममा प्रचण्डले भन्नुभयो, ‘नेकपा माओवादीले जिल्ला बन्द गर्दा बाटो पुरै खुल्ला भएको छ । हिँड्नलाई सजिलो भएको छ । अनि अरु काममा व्यस्त हुनेहरु बन्दका कारण हाम्रो आमसभामा आएर हाम्रो समर्थन गरेका छन् ।’
पहीलेका पनि धेरै कार्यक्रममा वैद्य माओवादीको आफूलार्ई सहयोग भएको बताउँदै प्रचण्डले यस्ता बन्द कार्यक्रमबाट उहाँहरुले असयोग भयो भन्ने ठानेपनि आफ्नो लागि भने सहयोग नै भएको दावी गर्नुभयो ।
####
.jpg)




0 comments
Write Down Your Comment