भाइटीका साइत ११:२७ बजे
###
|
भाइटीकाको साइत मंगलबार ११:२७ बजे रहेको नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ। भाइटीकामा दिदी-बहिनीले दाजुभाइलाई पूजागरी सप्तरंगी टीका र माला पहिराइ मिष्ठान भोजन गराउने चलन छ।
तिहारको पाँच दिनमध्ये भाइटीका अन्तिम दिन हो। यो पाँच दिनलाई पञ्चक पनि भनिन्छ। तिहारको तेस्रो दिन आइतबार गाईपूजा तथा लक्ष्मी पूजा गरिएको छ। लक्ष्मीपूजाको दिन भैलो खेलियो। चौथो दिन सोमबार गोवर्द्धन पूजा र देउसी खेलिएको छ।
नेपाल ज्योतिष परिषदका अध्यक्ष डा. लोकराज पौडेलका अनुसार अष्ट्रेलियाको सिड्नीमा भाइटीकाको शुभ साइत ५ नोभेम्बरका दिन स्थानीय समयअनुसार मध्यान्ह १२:१४ बजे रहेको छ।
####
.jpg)




0 comments
Write Down Your Comment