दाहालकै सभामा बालबालिकाको प्रयोग
###

दाहालले भने–‘राष्ट्रपति नभए प्रधानमन्त्री पक्का हुन्छु’
सिरहा, कार्तिक २१ । एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल उम्मेदवार भएको सिरहा क्षेत्र नम्बर ५ मा चुनावी सभामा बालबालिकाको प्रयोग भएको पाइएको छ । चुनावी सभामा भीड देखाउन स्कुले बालबालिकाहरुलाई प्रयोग गरिएको हो ।
उनीहरुलाई हातमा माओवादीको चुनाव चिह्न भएको झण्डा बोकाइएको थियो ।

एमाओवादीको मेची–महाकाली यात्राका क्रममा बिहीबार गोलबजारमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले निर्वाचनपछि आफू राष्ट्रपति नभए प्रधानमन्त्री चाँही पक्का हुने बताए ।

उनले आफू प्रधानमन्त्री भएमा सिरहाको भौतिक पूर्वाधारको विकास गर्ने आश्वासन पनि दिए ।

####

,

0 comments

Write Down Your Comment