आज २६ औं विश्व एड्स दिवस रुपन्देहीमा एच आइभिबाट ८३ जनाको मृत्यु
###

भैरहवा , १६ मंसिर ।
एच आईभिको नया संक्रम, भेदभाव र एड्सबाट हुने मृत्युलाई सुन्यमा पुर्औ भन्दै विश्वभर २६ औ विश्व एड्स दिवस मनाई रहदा अझै पुणरुपमा एच आई भि संक्रमितहरु समाजमा पूर्ण रुपले खुल्न सकेका छैन्न । आज डिसेम्बर एक तारिकको दिन विश्वभर विश्व एड्स दिवस मनाउने गरिन्छ ।

नेपालमा पहिलोपटक सन् १९८८ सालमा पहिलो पटक देखा परेको एच आईभिको क्रममणबाट अहिले ४८ हजार ६ सय मानिसहरु प्रभावित भएका छन । जिल्ला जनस्वाथ्य कार्यालय रुपन्देहीका अनुसार रुपन्देही जिल्लामा अहिले सम्म एच आईभिको संक्रमणबाट ८३ जना मानिसहरुको मृत्यु समेत भैसकेको छ । जिल्ला जनस्वाथ्य कार्यालयं रुपन्देहीका प्रमुख तथा बरिष्ठ जनस्वाथ्य अधिकृत सागर दाहालका अनुसार अहिले जिल्लामा खुलेका एचआईभिबाट संक्रमित मानिसहरुको संख्या १ हजार ६ सय २५ जना रहेका छन ।
समाजमा अपहेलित हुने डरले अहिले पनि एच आईबाट संक्रमित मानिसहरु समाजमा खुल्न नसकेको विगत लामो समय देखि भैरहवामा यसै क्षेत्रमा काम गर्दै आएको नमुना एकिकृत विकास परिषद्की अध्यक्ष ज्ञानु पौडेल बताउन छिन् । रुपन्देही जिल्लामा अहिले एच आईभिको क्षेत्रमा काम गर्ने संघ संस्थाहरुको संख्या २२ रहेको छ । जुन संस्थाहरुले विभिन्न दातृनियकायहरुको सहयोगबाट जिल्लामा काम गरिहेका छन । अहिले जिल्लामा १ सय ३ जना वालवालिकाहरु पनि एच आईभिको प्रभावमा रहेका छन । उनीहरुलाई विभिन्न गैरसरकारी संस्थाहरुले विभिन्न खालको सहयोग गर्दै आएका छन । जिल्ला जनस्वाथ्य कार्यालयका प्रमुख दाहालले पछिल्लो समयमा एच आईभि संक्रमणको दर विस्तारै घट्दै गएको भएपनि यसलाई शुन्यमा पुऱ्याउनको लागि भने कठिन रहेको बताउछन । उनल भने – विगतको बर्षको तुलनामा केही कमी आएको छ तर शुन्यमा पुऱ्याउनको लागि भने कठिन रहेको छ ।
रुपन्देही जिल्लाका सबै बटा गाविसहरुमा अहिले एच आ ईभि संक्रमितहरु रहेका छन भने जिल्लाका १२ वटा गाविस र २ वटा नगरपालिकामा एचआईभि संक्रमणको उच्च जोखिममा रहेको पाइएको छ ।
जिल्लामा एचआईभिको क्षेत्रमा काम गर्ने विभिन्न गैर सरकारी संस्था तथा सरोकारवालार् िनयकायबाट सार्वजनिक गरिएको तथ्यांक अनुसार ६९ वटा गाविस र २ वटा नगरपालिका रहेको रुपन्देही जिल्लाका दुई बटै नगरपालिका र १२ वटा गाविसमा अहिले पनि एच आईभिको उच्च जोखिम मा रहेको जिल्ला एड्स संमन्वय समितिका कार्यक्रम संयोजक बसन्तमणी पोखरेल बताउछन ।
जिल्लाको सिद्धार्थनगर नगरपालिका, बुटवल नगरपालिको को अतिरिक्त दुधराक्ष, कमरहिया, आन्दबन, रुद्रपुर, सुर्यपुरा, विष्णुपुरा, मववलिया, एकला, आमा, पश्चिम अमुवा, गजेडी, संकरनगर गाविसमा अहिले पनि एच् आई भि एड्स सक्रमितहरुको संख्या बढि रहेको एच आईभि तथा एड्स जिल्ला संमन्वय समितिका कार्यक्रम सयोजक बसन्तमणी पोखरेलले जानकारी दिए ।
आर्थिक बर्ष २०६९(७० को तथ्यांक अनुसार रुपन्देही जिल्लामा १ हजार ६ सय २५ जना एच आईभि संक्रमितहरु रहेको पाइएको छ । जुन समाजमा खुलेका र विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थाको सम्पर्कमा आएका व्याक्तिहरु हुन ।
जिल्ला एड्स संमन्वय समितिका कार्यक्रम संयोजक बसन्तमणी पोखरेलका अनुसार अहिले नेपालमा करिव ९० हजार एच आईभि संक्रमित रहेका छन ।
जस मध्ये ३० हजार व्याक्तिहरु सम्पर्कमा आएर पत्ता लागेका हुन भने अझै २१ ह्जार पत्ता लगाउन नै बाकी रहेका छन । अहिले पछिल्लो समयमा एच आईभिबाट सक्रमित भएका व्याक्तिहरुलाई समाजमा लान्छना लगाउने काममा कमी आएको भएपनि एच आईभि शंक्रमित हुने दरमा भने कमी नआएको वि.स.२०६१ साल देखि एच आईभिको क्षेत्रमा काम गर्दै आएको आशा ज्वोती सहयोग समुह भैरहवाकी अध्यक्ष सुजिता अधिकारी बताउन छिन ।
उनका अनुसार विगत केही बर्ष पहिला भन्दा अहिले लान्छना लगाउने तथा घरबाट निकाला गर्ने, आत्महत्या समेत गर्ने घटनाहरु पाइएपनि अहिले भने कमी आए को छ । उनल भनीन्– पहिलेको तुलनामा अहिले लान्छना लगाउने कार्यमा केही कमी आएको छ । )
अहिले रुपन्देही जिल्लामा एचआईभि प्रभावितहरुले नियमित रुपमा औषधी खाने स्थान लुम्बिनी अञ्चल अस्पताल बुटवलमा मात्र रहेको छ । रोग प्रतिरोधात्मक सक्ती बढाउने एआरबी लिनको लागि अञ्चल अस्पतालमा धाउनुपर्ने बाध्यात रहेको छ । तर यसको लागि गाउमा स्थानपना हुनुपर्ने माग स्थानिय यस क्षेत्रमा काम गर्ने गैर सरकारी संस्थाहरुको रहेको छ । पछिल्लो समयममा खासगरी एच आईभिबाट प्रभावित उमेर समुह भनेको १५ बर्ष देखि ४९ बर्ष सम्मको उमेर समुह रहेको तथ्यांकले देखाएको छ ।
उत्पादनशिल क्षेत्रमा लाग्नुपर्ने उमेर समुह नै एच आईभि संक्रमित भएपछी देश विकासको क्षेत्रमा असर पर्न सक्ने विश्लेषण समेत गर्न थालिएको छ । अहिले रुपन्देही जिल्लामा स्वच्छिक परामर्स केन्द्र (भिसीटी सेन्टर) जम्मा ७ वटा रहेका छन । जुन सबै गैरसरकारी संस्थाले चलाएका हुन । केही सेन्टरहरु बन्द भैसकेको र एच आईभि संक्रमितहरुले खाने एआरबी औषधी पनि विभिन्न विदेशी दातृ निकायहरुले सहयोग बन्द गरि दिएमा यसको विकराल रुप लिन सक्ने समेत गैरसरकारी संस्थाले बताएका छन । यसको लागि समयमै सरकारी नियकाबाट विशेष पहल जरुरी रहेको उनीहरुको माग रहेको छ ।
अहिले रुपन्देही जिल्लामा परामर्स तथा परिक्षण केन्द्रहरु ७ वटा, यौन रोग उपचार केन्द्र ७ वटा, आमाको पेटमा भएको बच्चा स्वच्छ जन्माउने सेवा –पिआरटी) १ वटा, सामुदायिक हेरचाह तथा सहयोगमा कार्यरत संस्था ७ वटा, लागु औषध तथा पुर्नस्थापना केन्द्र १० वटा, पोष्ट रिहाव सेन्टर १ वटा र मौखिक प्रतिष्थापन पद्धतिमा आधारित संस्था ७ वटा रहेका छन ।

####

0 comments

Write Down Your Comment