वीरेन्द्र परिवारका नाममा साढे २३ अर्ब सम्पत्ति
###

६ माघ, काठमाण्डौ । स्वर्गीय राजा वीरेन्द्रको परिवारका नाममा देशभर करिव २३ अर्ब ५० करोड रुपैयाँ बराबरको चल अचल सम्पत्ति नेपाल ट्रस्ष्मातहत आएको छ ।
स्वर्गीय राजा वीरेन्द्र, रानी ऐश्वर्य तथा युवराज दीपेन्द्र र अधिकारजकुमार निराजनका नाममा रहेको सम्पत्ति ट्रस्टमातहत ल्याइएको हो । स्वर्गीय वीरेन्द्र र उनको परिवारका नाममा विदेशमा भने कुनै सम्पत्ति नभेटीएको ट्रस्टका एक अधिकारीले वताए । सरकारले राजपरिवारको नाममा भएको सम्पत्ति खोजविन गर्न ०६४ सालमा नेपाल ट्रस्टको स्थापना गरेको थियो ।
नगद फेला पार्न नसके पनि भाडामा दिइएका भवन तथा जग्गाको खोजी जारी रहेको कार्यालयले जनाएको छ । बढी रकम भवन भाडावाट उठेको कार्यालयका लेखा अधिकृत रामकृष्ण पन्थीले वताए । अहिलेसम्म ट्रस्टको नाममा विभिन्न बैँकमा २३ करोड ४५ लाख रुपैयाँ रहेको उनले जानकारी दिए । आजको कारोवार दैनिकमा समाचार छ ।
भाडाबाट उठेको रकम विभिन्न बैँक तथा वित्तीय संस्थामा मुद्दती खातामा जम्मा गरिएको छ । स्वर्गीय राजारानीको नाममा स्वदेश तथा विदेशमा लगानी तथा नगद रहेको भन्ने चर्चा चलेपनि त्यस्तो सम्पति नभेटिएको उनले वताए ।
####

0 comments

Write Down Your Comment