मलेशियाका जेल ३ सय २९ नेपाली
###

मलेशिया, माघ ५ - झण्डै साढे तीन सय नेपाली मलेशियाका जेलमा रहेको नेपाली दुताबासले जानकारी दिएको छ ।
मलेशियाका १६ वटा जेलमा  ३ सय २९ नेपाली थुनिएको दुताबासले जनाएको छ ।  यही हप्ता दुताबासको एउटा टोली जेलमा पुगेर उनीहरुको अवस्था बुझ्ने  राजदुत डा. नीरञ्जन मानसिहं बस्न्यातले जानकारी दिनुभयो ।
अनुगमनपछि अबस्था हेरेर सम्भब भए सम्म छिटै स्वदेश फर्काउन पहल गर्ने उहाँले बताउनुभयो ।मलेशियाका जेलमा गम्भीर अपराधदेखि चोरीका मुद्दामा नेपालीले सजाय भोगीरहेका छन् । जेल सजया पुरा गरेकालाई डिटेन्सनक्याम्पमा सार्ने गरिन्छ र तिनलाई निशुल्क यात्रा अनुमति पत्र दिने दुताबासले जनाएको छ ।
तर त्यो क्याम्पमा कति नेपाली छन् भन्ने तथ्याङ्क आइनसकेको र खोज्ने काम भइरहेको राजदुत बस्न्यातले  जानकारी दिनुभयो । भाषा र नियम कानुन नजान्दा, साथीभाइको लहै लहै, कुलत र अवैधानिक रुपमा बसेका कामदारले जेलमा कष्टकर जीवन बिताईरहेको पाइएको छ ।
####

0 comments

Write Down Your Comment