बिराटनगरमा दाहालले भने,'अरुलाई नेतृत्व दिन्नँ'
###
![]() |
कम्युनिष्ट पार्टीमा नैतिकताको प्रश्न उठ्दैन'
'
यतिबेला पार्टीको नेतृत्व परिवर्तन गर्ने भन्ने कुरा पार्टीलाई अझ नोक्सानी पुर्याउने रणनीति हो', दाहालले भने, 'पार्टी हारेको बेलामा नेतृत्व भाग्न मिल्दैन ।'
इलामको लारुम्वामा आयोजित किराँत धर्मसम्वन्धी एक कार्यक्रममा सहभागी हुन हिँडेका दाहालले संविधानसभा निर्वाचनमा पार्टी पराजित हुनुका कारणहरुबारे समीक्षा भइरहेको जानकारी दिर्दै पार्टी र नेतृत्वलाई अझ बलियो बनाएर लैजानुपर्ने औल्याए ।
'यतिबेला पार्टीको नेतृत्व परिवर्तन गर्ने भन्ने कुरा पार्टीलाई अझ नोक्सानी पुर्याउने रणनीति हो', दाहालले भने, 'पार्टी हारेको बेलामा नेतृत्व भाग्न मिल्दैन ।' पाटी अप्ठ्यारोमा परेको बेला नेतृत्वले अझ बढी जिम्मेवारी लिएर अघि बढ्नुपर्ने उनको धारणा थियो ।
कम्युनिष्ट आन्दोलनमा कुनै एउटा चुनाव हार्दैमा राजिनामा दिनुपर्ने आवश्यकता नभएको भन्दै दाहालले बुर्जुवा पार्टीको जस्तो तथा कथित नैतिकताको प्रश्न कम्युनिष्ट पार्टीमा नउठ्ने जिकिर गरे ।
आफूलाई स्टालिनपथमा हिँडेको भनी लगाइएको आरोप खण्डन गर्दै दाहालले स्टालीन शैलीको विपक्षमा आफूले युद्धकालमा प्रस्ताव ल्याएको स्मरण गरे । 'मलाई स्टालिन शैलीको भनी लगाइएको आरोपमा सत्यता छैन्', उनले भने, 'स्टालीन शैली विपक्षमा मैले युद्धकालमा ल्याएको दस्तावेज वावुराम भट्टराई र मोहन बैद्यको सहयोगमा पारित भएको थियो ।'
स्टालिन शैलीको संगठनको विपक्षमा दस्तावेज आएपछि भट्टराई र बैद्यले नै 'प्रचण्डपथ' को रुपमा विकसित गराएको उनले दाबी गरे । 'पहिलो प्रसंसा गर्नेहरुले यतिबेला त्यही पुरानो आरोप लगाउनुको कुनै तुक छैन', दाहालले भने ।
दाहालले ठुला दलका हैसियतले काग्रेस र एमाले मिलेर सरकार बनाउनु पर्ने बताए । उनले एमाओवादीले राष्ट्रपति, उपराष्ट्रपति र सरकारको बिषयमा कुनै चासो नराखी एक बर्ष भित्र संविधान निर्माण गर्ने तर्फ पार्टीको ध्यान केन्द्रीत गरेको बताए ।
####
0 comments
Write Down Your Comment