###
![]() |
चितवन नवलपरासी र तनहुँको संगम स्थल देवघाटमा हुँने माघेसक्रान्ती मेलाको तयारी पुरा भएको आयोजकले जानकारी दिएको छ । आज मेला ब्यबस्थान मुल समितिले पत्रकार सम्मेलनको आयोजना गरि देबघाटमा स्नान गर्नको लागि आउने भक्तजनहरुको लागि कुनैपनि असुविधा नरहने गरी तयारी गरिएको कार्यक्रम संयोजक जयकृष्ण सुबेदीले जानकारी दिनुभयो ।
देबघाटमा माघेसक्रान्तिको अवसर पारी देवताहरु स्नान गर्न आउने र सोहि समयमा स्नान गरेमा मोक्ष प्राप्त हुन्छ भन्ने धार्मिक विश्वास रहेको छ । त्यहाँ स्नान गर्नको लागि चितवन, तनहँु , नवलपरासी, रुपन्देही, धार्दिङ्ग, लगाएतका अन्य धेरै जिल्लाबाट श्रद्धाजुभक्तजन आउने गरेका छन् ।
तनहुँ जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी कार्यालयका प्रमुख, सामाजिक संघ संस्थाका प्रतिनिधि राजनैतिक दलहरुका प्रतिनिधी, बिभिन्न उपसमितिका संयोजक लगाएतको उपस्थितीमा पत्रकार सम्मेलनको आयोजना गरिएको थियो । मेलाको लागि शान्ति सुरक्षा बलियो पारिएकाले यस बर्ष देवघाटमा स्नान गर्नको लागि ५ लाख भक्तजनहरु आउने अपेक्षा आयोजकको रहेको छ ।
सरसफाई, सौचालय, अस्थाई बजार ब्यवस्थापन उपसमितिका सयोजक टंकनाथ पौडेल, मूल्याङ्गन अनुगमनका शिवराज पौडेल, स्यमसेवक परिचालनका सन्दीप गिरी, स्वाथ्य उपसमितिका दिव्यदेव पौडेल, खानेपानि ब्यवस्थापनका संयोजक रोसन श्रेष्ठले आफुहरुले गरेको तयारीको बारेमा पत्रकार सम्मेलनमा जानकारी गराएका थिए । देबघाटमा स्नानको लागि अहिलेदेखी नै भक्तजनहरु आउने क्रम शुरु भएको र यो क्रम भोलि सम्म जारी रहने आयोजकले जानकारी दिएको छ ।
####
0 comments
Write Down Your Comment