नेपाल टेलिकमले ल्यायो एन्ड्रोइड एप, के–के छन सुबिधा ?
###
![]() |
मुलुककै पुरानो टेलिफोन सेवा प्रदायक नेपाल टेलिकमले एन्ड्रोइड फोन प्रयोगकर्ताका लागि एप सार्वजनिक गरेको छ ।
नेपाल टेलिकमको १० औं बार्षिक उत्सवको अबसर पारेर ल्याइएको यो एप गुगल प्ले स्टोरबाट डाउनलोड गर्न सकिन्छ ।
टेलिकमको मोबाइलमा एपमा तपाईका लागि आबश्यक सूचनाहरु राखिएका छन् । जीएसएम मोबाइल फोनका प्रयोगकर्ताका लागि लक्षित गरि ल्याइएको यो एपमा तत्कालै धेरै सुबिधाहरु नभए पनि आगामी दिनमा सुबिधाहरु थप्दै जाने टेलिकमले जनाएको छ ।

यसको सवैभन्दा राम्रो पक्ष भनेको तपाईले कुनै पनि सर्ट कोडहरु सम्झिराख्नु पर्दैन् । यसले प्रयोगकर्ताका लागि सजिलो बनाइदिएको छ ।
यदि तपाई दुईवटा सिम लाग्ने जीएसएम मोबाइल चलाइराख्नु भएको छ भने तपाईले टेलिकमको जीएसएम सीमलाई प्राथमिक सिमका रुपमा सेट गर्नुपर्ने हुन्छ ।
तर, एपको प्रयोगबाट तपाईले रिचार्ज कार्ड किन्ने र ल्याण्डलाइन फोनको बिल तिर्ने लगायतका सुबिधा पाउन सक्नुहुन्न । प्रारम्भिक प्रयोगकर्ताहरुले टेलिकमको एपमा फिचरहरु कम भएको गुनासो गर्दै धेरै सुबिधाहरु राख्न आग्रह गरेका छन् ।
आशा गरौं, टेलिकमले आगामी दिनमा उपभोक्तालाई सहज हुने यस्ता फिचरहरु थप्दै जाने छ ।
####
0 comments
Write Down Your Comment