डा. गोविन्द केसीले अनसन तोडे
###
|
काठमाडौं, फाल्गुन ३ । चिकित्साशास्त्र अध्ययन संस्थानको डीन नियुक्ति, त्रिवि पदाधिकारीको बर्खास्तगीलगायत माग राखेर आमरण अनसनमा बसेका डा. गोविन्द केसीले अनसन तोडेका छन् । केसीका माग सम्बोधन गर्न सरकार तयार भएपछि उनले आठ दिनपछि अनसन तोडेका हुन् ।
आफ्नो आन्दोलनमा साथ दिइरहेका डाक्टर र विद्यार्थीसँग छलफल गरेपछि डा. केसीले आज दिउँसो अनसन तोडेका हुन् ।
६ बुँदे सहमतिअनुसार सरकारले त्रिवि पदाधिकारीबाट अवैध रुपमा सुरु गरिएको चार मेडिकल कलेजको सम्बन्धनबारे छानबिन गर्न अख्तियारलाई निर्देशन दिएको छ । चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) लाई स्वायत्तता प्रदान गर्नेबारे छलफल गर्न २१ दिनभित्र विश्वविद्यालयको सभा बोलाउने पनि सहमति भएको छ ।
आइओएमले तयार पारेको स्वायत्ततासम्बन्धी प्रस्ताव त्यही सभाबाट पास गराउने प्रतिबद्धता पनि व्यक्त गरिएको छ ।
####
.jpg)





0 comments
Write Down Your Comment