डा. गोविन्द केसी फेरि अनसनमा, केसीले के भने ? (भिडियोसहित)
###

काठमाडौं, माघ २५ । सरकारले माग पूरा नगरेपछि प्रा. डा. गोविन्द केसीले आजदेखि फेरि आमरण अनसन थालेका छन् । १४ दिन लामो अनसनपछि सरकारसँग सहमति भए पनि त्यसको कार्यान्वय नभएको भन्दै केसीले आजबाट फेरि शिक्षण अस्पताल महाराजगञ्जमा अनसन थालेका हुन् ।

सरकारले त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानमा वरिष्ठताको आधारमा डीन नियुक्त गर्ने प्रतिबद्धता पूरा नगरेको भन्दै फेरि अनसन बस्न बाध्य भएको केसीले बताए ।

सरकारको निर्देशन अवज्ञा गर्दै संस्थालाई अस्तब्यस्त बनाउने त्रिवि पदाधिकारीहरुलाई बर्खास्त र वरिष्ठताको आधारमा डीन नियुुक्त गर्नुपर्ने लगायतका माग राखेर डा. केसी फेरि अनसनमा बसेका हुन् ।

यसअघि सरकारले डीन शशी शर्मालाई बर्खास्त गरी वरिष्ठताको आधारमा नयाँ डीन नियुक्त गर्ने प्रतिबद्धता जनाएपछि डा. केसीले गत माघ १० गते अनसन तोडेका थिए ।


####

0 comments

Write Down Your Comment