पाँच हजार ब्याजमा २६ वर्षदेखि हलिया
###

९ फागुन, दार्चुला । सरकारले हलिया प्रथाको अन्त्य गरेको झन्डै पाँच वर्ष बितिसक्दा पनि दार्चुला जिल्लाको देथला-४ का राम पार्की पाँच हजार रुपैयाँ तिर्न २६ वर्षदेखि हलिया बस्दै आएका छन् । मालिकले बस्न थोरै जमिन दिए पनि नामसारी भने नगरेको उनले बताए । मालिकको हलो जोत्न छोड्यो भने आफ्नो उठीबासै हुने उनको भनाइ छ । बस्दै आएको घर पनि छोड्नु पर्ने बाध्यता रहेकाले मालिकको हलो जोत्नु परेको पार्कीले बताए । सरकारले हलियामुक्त घोषणा गरे पनि आफू भने मुक्त हुन नसकेको भन्दै उनले सरकारले मुक्त गरेर मात्र हुँदैन ।

 पुनःस्थापना नगरेसम्म अन्य काम गरी खान नसकिने बताए । ‘मुक्त हुनुभन्दा पहिला साहुबाट सानोतिनो अन्न तथा लुगाफाटा त पाइन्थ्यो अब भने झनै समस्या भएको छ ।’ पार्कीले भने, ‘त्यही भएर साहुको ऋण खारेजी गरे पनि पुनः मालिकको पुरानै ऋणमा हलिया बस्न गएको छु ।’ सरकारले हलिया मुक्तिको घोषणा गरे पनि हलिया पुनःस्थापना र प्रमाणीकरणलगायतका विषयलाई गम्भीररुपमा नलिएकाले राम पार्कीजस्तै अन्य हलियाको पनि उस्तै अवस्था रहेको राष्ट्रिय मुक्त हलिया समाज महासङ्घका केन्द्रीय महासचिव ईश्वर सुनारले बताए । 
####

0 comments

Write Down Your Comment