संविधान निर्माण प्रक्रिया अघि बढाउ : गगन थापा (भिडियोसहित)
###

एमआरपी पासपोर्ट वितरणमा जनताले दुःख पाए’
काठमाडौं, माघ २२ । नेपाली कांग्रेसका सभासद गगन थापाले जति सक्दो चाँडो संविधानसभा नियमावलीलाई पूर्णता दिएर संविधान निर्माणको प्रक्रिया अघि बढाउन माग गरेका छन् । संसदको आजको बैठकमा बोल्दै थापाले नियमावलीको मस्यौदा गर्न गैरसरकारी संस्थालाई दिएकोबारे जिज्ञासा राख्दै नियमावली सभासदहरुले नै बनाउनुपर्ने बताए ।

यस्तै, एकीकृत माओवादी सभासद टोपबहादुर रायमाझीले गोरखा फुजेका कृष्णप्रसाद अधिकारी हत्या लगायतका घटनालाई छुट्टाछुट्टै हेर्न नमिल्ने जिकिर गरे ।

नन्दप्रसाद र गंगामाया अधिकारीको अनसनप्रपति आफूहरुको सहानाभूति भएपनि अधिकारी दम्पती लगायतले उठाएका द्धन्द्धकालीन घटनालाई सत्य निरुपण आयोग बनाएर टुंगो लगाउनुपर्ने बताए ।

यस्तै, बैठकमा बोल्ने अन्य सभासदहरुले एमआरपी पासपोर्ट वितरणमा जनताले दुःख पाएको भन्दै त्यसलाई सहज बनाउनुपर्ने लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए ।

आजको बैठकले संविधानसभा सदस्य निर्वाचन पहिलो संशोधन अध्यादेश, निर्वाचन सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, संविधानसभा सदस्य निर्वाचन अध्यादेश, संविधानसभा निर्वाचन दोस्रो संशोधन अध्यादेश पारित गरेको छ ।

यस्तै, सम्पत्ति शुद्धिकरण निवारण दोस्रो संशोधन अध्यादेश पनि पारित भएको छ । सो अध्यादेशप्रति एमाओवादीले भने असहमति जनाएको थियो । बैठकले कसुरजन्य सम्पत्ति तथा साधन अध्यादेशलाई पनि अनुमोदन गरेको छ ।



####

0 comments

Write Down Your Comment