यस्तो छ दक्षिण कोरियामा श्रम सम्बन्धी ऐन
###

दक्षिण कोरिया,२ फागुन ।
रोजगार ऐन, न्युनतम पारीश्रमिक ऐन, कम्पनी शुरक्षा ऐन आदि श्रम सम्वन्धि कानुन स्वदेसी कामदार सरह समान रुपमा लागु हुनेछ ।

रोजगार दाताले रोजगार सम्झौता उल्लङ्गन गरेमा, कामदारलाई विना कारण निकालेमा, अमानविय व्यावहार गरेमा श्रम मन्त्रालय निरिक्षण विभागबाट सहयोग लिन सकिने छ ।    तर घरायसि काममा लगाईएका कामदार अथवा, व्यक्तिगत सेवामा कार्यरत प्रवासी मजदुरका सम्वन्धमा भने श्रम सम्वन्धि ऐन लागुहुने छैन् । (स्वदेशी र विदेशी कामदार दुवै )
त्यसैगरि कृषिकार्य र मत्स्यपालत कार्यमा कार्यरत प्रवासी मजदुरको सम्वन्धमा काम गर्ने समय, विदा आदिको सम्वन्धमा रोजगार सम्वन्धी ऐन लागुहुने छैन् । (स्वदेशी र विदेशी काम दार दुवै )
श्रम सम्वन्धि ऐन
श्रमगर्ने समय १ हप्तामा ४० (४४) घण्टा अथवा दिनको ८ घण्टा निर्धारण गरिएको छ । रोजगार दाता र कामदारको आपसी समन्वयमा भने यस भन्दा बढि समय काम गर्न सक्नेछन् ।    कामदारको पारीश्रमिक कामदारको खातामा जम्मा गर्नु पर्ने अथवा उत्तरकम महिनामा एक पटक कामदारलाई उपलव्ध गराउनु पर्ने छ दिनको सम्वन्धमा भने रोजगार सम्झौता पत्रमा उल्लेख भएको दिनमा नियमित रुपमा दिनु पर्ने छ ।
बढि समय काम गर्ने, रातको समयमा काम गर्ने (२२ःः ०० -०६ ः००), विदाको दिनमा काम गर्ने कामदारको सम्वन्धमा भने बढि पारीश्रमिक लिन सक्नेछन।
प्रवासी मजदुरले रोजगार स्थानमा १ वर्ष भन्दा बढि लगातार काम गरेको अवस्थामा बिषेश भत्ताको व्यावस्था गर्न सक्नेछन् ।
(४ जना भन्दा थोरै कामदार भएका कम्पनीमा भने लागुहुने छैन )
न्युनतम पारीश्रमिक ऐन
कोरियामा पारिश्रमिक बढयो
प्रवासी मजदुरको श्रम ऐनमा उल्लेख भए बमोजिम न्युनतम पारीश्रमिक भन्दा बढि रकम प्राप्त गर्न सक्ने छन् ।
※प्रति घण्टा ५२०० ओन दैनिक
प्रवासी मजदुरले लागु गरिएको मिति २०१४ .०१. ०१~ २०१४ .१२. ३१सम्म लागु हुने ।
औद्योगिक विपत्ति विमा ऐन
काम गर्दा गर्दै चोट लागेमा अथवा रोग लागेमा, उपचार, विदा, मृत्यु भएमा मृतकका परीवारले रकम प्राप्त गर्न सक्नेछन् ।
सामाजिक विमामा समावेश
कम्पनी दुर्घटना विमा, नागरिक स्वास्थ्य विमा आदि (तोकिएको क्षेत्राधिकार प्रयोग गने) विमा समावेस ।
विभेदको निषेधता
दुर्घटन ऐन नं २२ (विभेध अन्त्य) मा प्रवासी मजदुर भएको कारणले अमानविय व्यावहार गर्न नपाइने गरि कानुनमा उल्लेख गरिएको छ ।
तर, प्रवासी मजदुरको क्षमता र उत्पादन क्षमता आदिमा विभेद गर्न सक्नेछन् ।
रोजगार अवधिमा पालना गर्नुपर्ने कुरा
प्रवासी मजदुरले कोरियामा काम गर्न पाउने अवधि ३ वर्ष निर्धारण गरिएको छ । यसअ वधि भित्र परिवार भेटन पाईने छैन । रोजगार अवधि सके पश्चात स्वदेश फर्कनु पर्ने छ र स्वदेश फर्किएको ६ महिना (पुनः रोजगारी गर्न नपाउने) नकटेका कामदार पुनः रोजगारका लागि रोजगार अनुमति प्रणालीमा समावेश हुन पाउने छैनन् । (प्रवासी मजदुर रोजगारी ऐन नियम नं १८ अनुसार)
तर प्रवासी मजदुरलाई रोजगारी ऐन अनुसार रोजगारमा समावेश भएका कामदार मध्ये ३ वर्षको रोजगार अवधि पुरा गरि स्वदेश फर्कनु अगावै रोजगार दाताले पुनः रोजगारका लागि आवेदन गरेका हरुको भने १ पटकका लागि अधिकतम २ वर्ष सम्मका लागि रोजगार समयवधि नविकरण गर्न सकिने व्यावस्था गरिएको छ । (प्रवासी मजदुर रोजगारी ऐन नियम नं १८ उपनियम २ अनुसार)
श्रोत ईपिएस कोरिया
####

0 comments

Write Down Your Comment