आज वसन्तपञ्चमी, सरस्वतीको पूजाअर्चना गरिदैं
###
|
मञ्जुश्री चैत्यमा भब्य मेला ।
काठमाडौं, माघ २१ । आज वसन्तपञ्चमी । विद्या र वाणीकी देवी सरस्वतीको पूजा आराधना गर्दै देशभर श्रीपञ्चमी मनाइदै छ । यस दिन बालबालिकालाई अक्षरारम्भ गर्ने नेपाली परम्परा भएकाले अभिभावकले आफ्ना सन्तानलाई नजिकका सरस्वती मन्दिरमा लगी खरी वा पेन्सिलले अक्षर लेख्न लगाउँछन् । यस दिन सरस्वतीको पूजाअर्चना गरी विद्यारम्भ गरे राम्रो हुने जनविश्वास छ ।
वासन्ती प्रकृतिको पूर्व रङ यसै दिनदेखि रुखबिरुवामा नयाँ पालुवाका रुपमा देखिने, मानिसको मानसिक प्रकृति बदलिने, शिशिर ऋतुभन्दा बेग्लै किसिमको हावा बहने र बाह्य वातावरणले समेत रमाइलो देखिन थाल्ने भएकाले यस दिनलाई वसन्त ऋतुको पहिलो दिन मानेर वसन्तोत्सव गर्ने परम्परा पनि छ । यसैले यस पर्वको नाम वसन्तपञ्चमी रहेको हो ।
यस अवसरमा हनुमानढोका नासलचोकमा विहान वसन्त श्रवण आयोजना गरिन्छ । राष्ट्राध्यक्षबाट वसन्त श्रवण गर्ने परम्परा छ । तराईमा भने यस दिन कामदेव र रतीदेवीको पूजा गर्ने चलन छ । यस दिनदेखि वसन्त राग गाउने गरिन्छ ।
####
.jpg)





0 comments
Write Down Your Comment