डन छुटाउन प्रधानमन्त्री कार्यालयबाट दबाब
###
|
१ फागुन, काठमाडौं । अघिल्लो सरकारकै पालामा पक्राउ परेका डनहरुलाई छुटाउन नयाँ प्रधानमन्त्रीको कार्यालयबाट फोन जान थालेको छ । काठमाडौं प्रहरीले थालेको ‘गुन्डा अपरेसन’ का क्रममा पक्राउ परेका बलराम सापकोटा ‘बले’ र तेजेन्द्र गुरुङलगायतलाई छुटाउन प्रधानमन्त्रीकै पिएले प्रहरीलाई फोन गरेका छन् । स्रोतका अनुसार प्रधानमन्त्री सुशील कोइरालाका पिए लक्ष्मण ढकालले ‘बले’लाई छुटाउन प्रहरी नेतृत्वलाई दबाब दिएका छन् ।
प्रहरी नेतृत्वले काठमाडौं प्रहरी प्रमुख रमेश खरेललाई ‘बले’ लाई छाड्न प्रधानमन्त्री कार्यालयबाटै फोन आएको जानकारी गराएको छ । तर, खरेलले त्यस्तो दबाब नसुन्ने जवाफ दिइसकेका छन् । प्रधानमन्त्रीका पिए ढकालले भने, ‘चुनावअघि बलेलाई भेटेको हुँ, अहिले भेटेको छैन, प्रहरीलाई दबाब पनि दिएको छैन, तर विनाकारण कसैलाई थुन्न पाइदैन,’-नयाँ पत्रिकामा खबर छ । कांग्रेसका सभासद् तीर्थ लामा भने बलेलाई छुटाउन हनुमानढोका नै पुगेका थिए । ‘
मलाई चुनावमा सहयोग गरेको मान्छे हो, छुटाइदिनुपर्र्यो दाई’ भन्दै उनी हनुमानढोका नै पुगेर दबाब दिएको काठमाडौं परिसरका एक उच्च अधिकारीले बताए । सभासद् लामा र बले दुवै काभ्रेका हुन् । यता काठमाडौं प्रहरी प्रमुख रमेश खरेलले भने केही व्यक्तिलाई छाड्न केही ठाउँबाट आग्रह आएको स्वीकार गरेका छन् । तर, कसैको आग्रह वा दबाबमा कसैलाई नछाड्ने जानकारी उनले प्रहरी नेतृत्वलाई दिइसकेका छन् ।
####
.jpg)





0 comments
Write Down Your Comment