बम डिस्पोज गर्न गएको सेना लिपस्टिक लिएर फर्क्यो (फोटो फिचर)
###

 ५ चैत, काठमाडौं । मानिस र सवारीसाधनको बाक्लो चहलपहल हुने राजधानी काठमाडौंको पुतलीसडकमा मंगलबार दिउँसो विस्फोटक पदार्थ भेटिएको हल्लाले त्यस क्षेत्रमा आतंकको वातावरण बन्यो । पेट्रोलियम पदार्थको मूल्य वृद्दि फिर्ता गर्न माग गर्दै विद्यार्थी संगठनहरूले गरेको उपत्यका बन्दका दिन वागबजारतर्फ जाने सडकको छेउमा विस्फोटक पदार्थसहितको झोला रहेको खबर प्रहरीले सेनासम्म पुर्यायो । विहानैबाट सडकमा रहेको त्यो झोला सैन्य  पोशाकजस्तै देखेपछि बम भएको अनुमानमा प्रहरी सशंकित भएको थियो । सैनिक पोशाकको झोलालार्इ कसिलो बनाएर व्यस्त सडकमा राखिएको खबर पाउनेबित्तिकै सेनाको टोली पुतलीसडकमा पुगेको थियो ।










 बम भएको अनुमानमा नेपाली सेनाको बम डिस्पोजल टोलीले सो स्थानलार्इ घेरा हालेर मेसिनको प्रयोग गरेर झोलालार्इ सतर्कतापूर्वक खोल्दा विस्फोटन हुने कुनै सामान नै फेला परेन । बम डिस्पोजल मेसिनले झोला खोलेर सेनाको टोलीले हेर्दा झोलामा जिन्स पाइन्ट र लिपस्टिक फेला परेको हो । बम भएको अनुमानमा करिब २ घण्टासम्म त्रसित बनेको पुतलीसडक र बागबजार क्षेत्र झोला हटाइएपछि सामन्य बनेको हो । बम डिस्पोजल गर्रे मेसिनसहित, बम सुरक्षा पोशाकसहित पुगेको सेनाको टोलीले सैन्य पोशाकको  झोलालार्इ डिस्पोज गर्दा ठूलो आवाजमा पड्कँदासम्म सर्वसाधरणाले बम नै भएको अनुमान लगाएका थिए । डिस्पोजल टोलीका सदस्य एक सैनिकले झोलालार्इ लठ्ठीले चलाइ खोलेर हेर्दा जिन्स पाइन्ट, लिपस्टिक, बोत्तल, मोबाइल फोनका रिचार्ज कार्ड र अन्य सामग्री भेटिए । ती सबै सामानलार्इ नेपाली सेनाको टोलीले त्यहाँबाट हटाएपछि जनजीवन सामन्य भइसकेको हो ।
####

0 comments

Write Down Your Comment