‘तक्मे बुढा’ भारतीय सिरियल खेल्दै
###

 ‘तक्मे बुढा’ अर्थात विल्सन विक्रम राई अब भारतीय टेलिभिजनको पर्दामा पनि छाउने भएका छन् । भारतीय चर्चित निर्देशक आशुतोष गोवारिकको निर्देशनमा बन्न लागेको एक सिरियलमा विल्सनले काम गर्न लागेका हुन् । उनलाई यो स्थानसम्म पुर्‍याउन कलाकार सुलिन थापाले मद्दत गरेका हुन् । सिरियलको एक सय भागसम्म विल्सनको अभिनय रहने बताइएको छ । उनले यो सिरियलमा काम गरुन्जेल अन्य प्रोजेक्टमा भने काम गर्न पाउने छैनन् । तर उनका लागि सिनेमाको काममा कुनै रोकावट हुनेछैन । सिरियलमा संझौतका लागि विल्सन दिल्ली उड्न लागेका छन् । मुम्बइमा २ महिना र मुम्बई बाहिर करिब १ महिना सिरियलको छायांकन हुनेछ । सुनिल थापाको सहयोगमा निर्माणपक्षले इमेल गरेपछि विल्सनको नयाँ यात्रा सुरु भएको हो । हिमान्चल प्रदेशको शेर्पा जातीको एक यूवकको भूमिका विल्सनलाई देख्न पाइनेछ । मार्च २७ मा भारत जान लागेका विल्सनले काम गर्न लागेको सिरियलको नाम भने खुलाइएको छैन । हाँस्य सिरियल ‘मेरी बास्सै’बाट हिट भएका विल्सन अहिलेका चर्चित कलाकार मानिन्छन् । मिडियामा समाचार कसरी आयो थाहा छैन : विल्सन यता भारतीय सिरियलमा काम गर्न लागेका कलाकार विल्सन विक्रमले भने आफूलाई नेपालका विभिन्न संचारमाध्यममा आएको समाचारको बिषयमा थाहा नभएको बताए । ‘मिडियामा कसरी खबर आयो, मलाई थाहा छैन’ विल्सनले अनलाइखबरसाग भने । उनले सिरियलको बिषयमा अहिले नै केही भन्न नसक्ने जनाएका छन् । नेपाली मिडियामा समाचार सार्वजनिक भएपछि सिरियलको निर्माणपक्षले चासो देखाएको छ ।
####

0 comments

Write Down Your Comment