ओस्कारमा ड्रामा ट्वेल्भ इयर इन स्लेभ उत्कृष्ट चलचित्र
###

यो वर्षको ओस्कर अवार्ड ट्वेल्भ इयर्स अ स्लेभ फिल्मले पाएको छ । अमेरिकाको लस एन्जलसस्थित डबली थिएटरमा विभिन्न १० विधामा ओस्कर अवार्ड प्रदान गरिएको छ । अभिनेत्री लुपिटा न्योगोले ‘ट्वेल्भ इयर्स अ स्लेव’ फिल्मको लागि सर्वश्रेष्ठ अभिनेत्री पुरस्कार हात पारिन् । ग्रेभिटी निर्देशन गरेवापत अलफोन्सो कारोन सर्वश्रेष्ठ निर्देशक घोषित भए । यो फिल्मले थप ५ विधामा पुरस्कार हात पारेको थियो । ग्रेभिटी अन्तरिक्ष यात्रीको कहानीमा आधारित थि्रडी फिल्म हो । यो फिल्म भिजुअल, इफेक्ट, साउण्ड मिक्सिङ, साउण्ड एडिटिङ, सिनेमाटोग्राफी, फिल्म एडिटिङमा पनि उत्कृष्ट घोषित भयो । ‘ड्यालर्स बायर्स क्लब’ मा अभिनय गरेका जेरड लेटो सर्वश्रेष्ठ सहअभिनेता बने । ओस्कारमा उनको यो पहिलो पुरस्कार हो । क्याथरिन मार्टिन द ग्रेट गेट्बीको कस्टुम डिजाइन र प्रोडक्सन डिजाइनमा पुरस्कृत भइन् । यसमा अमिताभ बच्चनको पनि अभिनय छ । मेक अप र केश विन्यासमा डेलस बायर्स क्लबले पुरस्कार हात पारेको थियो । बेस्ट डकुमेन्ट्री फिचर फिल्मको पुरस्कार ट्वेन्टी फिट फ्रम स्टारडमले पायो । ओरिजिनल स्कोर वर्गमा ग्रेभिटीका स्टीवन प्राइसले पुरस्कार पाए । गायनमा ‘लेट इट गो’ का गायक गायिका रबर्ट लोपेज र क्रिस्टिना एण्डरसन लोपेजले पुरस्कार हात पारे । इटलीको द ग्रेट ब्युटी उत्कृष्ट विदेशी भाषाको फिल्म घोषित भयो । यसका निर्देशक पाउलो सोरेन्टिनो हुन् ।

 
कुन् फिल्मले कुन् विधामा पाए
 अवार्ड सर्वश्रेष्ठ फिल्मः ट्वेल्भ इयर्स अ स्लेभ
 सर्वश्रेष्ठ निर्देशकः अलफान्सो कोरेन (ग्रेभिटी)
सर्वश्रेष्ठ अभिनेताः म्याथ्यू म्याक्कोनोगी (डलस बायर्स क्लब)
 सर्वश्रेष्ठ अभिनेत्रीः केट ब्लान्चेट (ब्लू जस्मिन)
 सर्वश्रेष्ठ सहायक अभिनेताः जेरर्ड लेटो (डलस बायर्स क्लब)
सर्वश्रेष्ठ सहायक अभिनेत्रीः लुपिटा न्योन्गो (ट्वेल्भ इयर्स अ स्लेभ)

 सर्वश्रेष्ठ अडप्टिड स्क्रीनप्लेः ट्वेल्भ इयर्स अ स्लेभ
####

0 comments

Write Down Your Comment