निर्देशकसहित वैदेशिक रोजगार विभागका नौ कर्मचारी अख्तियारको हिरासतमा
###
![]() |
५ चैत, काठमाडौं । वैदेशिक रोजगारीका लागि दुवई जाने युवाहरुबाट गैरकानुनी कागजातहरुको आधारमा श्रम स्वीकृति दिएको अभियोगमा वैदेशिक रोजगार विभागका निर्देशकसहित ९ जना कर्मचारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार हिरासतमा लिएको छ । कतार र दुवई जाने एक सय ७२ जना युवाहरुलाई गलत कागजातको आधारमा गत पुस २८ र माघ ३ मा अन्तिम श्रम स्वीकृति प्रदान गरी अनियमितता गरेको अभियोगमा वैदेशिक रोजगार विभागका निर्देशक चिरन्जीवी अधिकारीसहित ९ जना कर्मचारीलाई अख्तियारले हिरासतमा लिएको हो अख्तियारले हिरासतमा लिएका अन्य कर्मचारीहरुमा शाखा अधिकृतहरु कुमारप्रसाद पोखरेल, गम्भीरसिंह बिष्ट, लवराज जोशी र बाबुलाल रेग्मी रहेका छन् । त्यसैगरी नायब सुब्बाहरु भीमबहादुर बस्नेत, लक्ष्मीप्रसाद ढुंगाना, कम्प्युटर अपरेटरहरु सञ्जीव नेपाल र सुशील शाक्यलाई पनि हिरासतमा लिइएको अख्तियारका प्रवक्ता श्रीधर सापकोटाले जनाएका छन् । निर्देशक अधिकारीसहितलाई टंगालस्थित अख्तियारको हिरासतमा राखेर अनुसन्धान थालिएको सापकोटाले जानकारी दिए ।
####
0 comments
Write Down Your Comment