अस्ट्रेलियाको सर्वोच्च अदालतमा बहस गर्दै नेपाली वकिल
###
|
सिड्नी - अस्ट्रेलियाको सिड्नीमा बसेर अध्ययन तथा ब्यवसाय गर्दै आएका भरत पोखरेलले यहाँको सर्वोच्च अदालतमा बहस गर्न मान्यता पाएका छन्। शुक्रबार न्यु साउथ वेल्स राज्यको सर्वोच्च अदालतका प्रधान न्यायधीशसमक्ष सपथ लिएपछि पोखरेलले औपचारिक रुपमा बहस सुरु गरेका हुन्।
नागरिकन्युजसँग कुरा गर्दै पोखरेलले भने, 'अहिले अस्ट्रेलियामा प्रचलनमा अएका सबै कानुनको अध्ययन गरेको भए पनि भविष्यमा निश्चत विषय र क्षेत्रमा विशिष्ठता हासिल गर्दै अघि बढ्ने छु।'
गैरआवासीय नेपाली संघ अस्ट्रेलियाको महासचिवसमेत रहेका पोखरेल दोलखाको जफे गाउँमा जन्मिएका हुन्। उनकोे बाल्यकाल सर्लाहीको लालबन्दीमा बितेको थियो। काठमाडौँको भानुभक्त मेमोरियल आवासिय माध्यमिक विद्यालयबाट एसएलसी पास गरेका पोखलेलले काठामाडौं विश्वविद्यालयमा विज्ञान विषय अध्ययन गरेका थिए। १८ वर्षअघि अस्ट्रेलिया आएका पोखरेलले वलङगन विश्वविद्यालयबाट अकाउन्टिङ विषयको अध्ययन सकेर सिपिए गरेका थिए। उनी आधिकारिक माइग्रेसन एजेन्ट हुन् भने सिड्नीमा एकाउन्टिङ र एजुकेसन तथा माइग्रेसनसम्बन्धी ब्यवसाय पनि संचालन गरिरहेका छन्।
शुक्रबार सर्वोच्च अदालतमा आयोजित सपथ ग्रहण समारोहमा न्यु साउथ वेल्स राज्यका लगि नेपाली महा-बाणिज्यदूत दिपक खड्का, सिड्नीको नेपाली समुदायकी अगुवा इन् वन (ओएएम) पनि सहभागी भएका थिए। पोखरेलको सफलता नेपाली समुदायका लागि गौरवको विषय भएको वनको भनाई छ। महा-बाणिज्यदूत दिपक खड्काले नेपलाीहरुलाई अब आफ्नो भाषामा कानुनी सेवा पाउन सहज हुने विश्वास ब्यक्त गरे। अस्ट्रेलियाको नेपाली समुदायलाई जानकारीमा आएसम्म शम्सेर सिंह थापा र बुनु गौतम दुईजना मात्र यहाँ सोलिसिटर तथा वकिल पेशामा सक्रिय छन्।
####
.jpg)





0 comments
Write Down Your Comment