###
![]() |
काठमाडौं, वैशाख ५ - मुलुकमा दुई साता यता स्वाइन फलु (एच१एन१) संक्रमण को प्रवृत्ति घटदो देखिएको छ । यो मौसममा प्रयोगशाला प्रमाणित स्वाइन फलुले हाल सम्म ६ जनाको ज्यान लिई सकेको छ । 'हाल हामी कहाँ आउने नमूनामा स्वाइन फलु पोजेटिभ देखिने क्रममा कमी देखिएको छ', राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुकी निर्देशक डा. गीता शाक्य भन्छिन्- 'दुई सातायताको स्थिति अध्ययन गर्दा स्वाइन संक्रमणको प्रबृत्ति अहिले घटदो छ ।'
तथ्याङ्क अनुसार गत वर्षहरुमा स्वाइनको संक्रमण माघ महिनाको शुरु सम्म हराउने गरे पनि यस पटक भने संक्रमणको अखवधि विगत भन्दा दुइ महिना अगाडी सरेको देखियो । यस्तै प्रयोगशाला प्रमाणित स्वाईन फलुले मृत्यु भएका धेरै जसो वयस्क छन । 'हाल जम्मा ६ जना प्रयोगशाला प्रमाणित स्वाइनले अस्पतालमा भएको मृत्युको तथ्याङ्क राखिएको छ, यस वाहेक स्वाइनले अरु कति मृत्यु भयो हामी लाई थाहा छैन', डा.शाक्य भन्छिन-'संक्रमणले सिकिस्त हुन सक्ने जोखिम समुहमा वालवालिका र बुढापाका रहे पनि यस पटक वालवालिकामा यो संक्रमणले मृत्यु देखिएको छैन ।' यो मौसममा एक जनाको इन्फलुएन्जा बी वाट समेत मृत्यु भएको छ ।
डा.शाक्यको अनुसार रुघाखोकीको मौसमी चक्र अनुसार वर्षायाम पछि पुनः स्वाइन संक्रमण देखिने भए पनि त्यस वेला यो भाइरसले कति उत्पात मच्चाउने हाल भन्न न सकिने बताउछिन । स्वाइन सामान्य रुपमा कडा नभए पनि कसै कसैलाई तल्लो स्वास नली अर्थात फोक्सोमा हुने संक्रमणको जटिलता देखिने भएकोले यसलाइ लापरवाहि नगर्नु पर्ने इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.बाबुराम मरासिनी वताउछन ।
स्वाइन फलु को लागि उच्च जोखिम समुहमा दम, फोक्सोको समस्याको शिकार भएका बुढापाका, मधुमेह लगायतका दिर्घ रोगीहरु, गर्भवती महिला, पाच वर्ष मुनीका वालवालिका, रोग प्रतिरोधक क्षमता कम हुने क्षयरोगी, एचआइभी एडस आदि रोग भएका हुन ।
स्वाईनको सक्रमण करिव दुई साता सम्म रहन सक्ने र यो आफै निको समेत हुने गर्छ तर कहिलेकाही यसको संक्रमण कडा रुपमा प्रस्तुत भएर विरामीलाई कृत्रिम स्वास प्रस्वास यन्त्र मा समेत राख्नु पर्ने स्थिति आउन सक्छ ।
स्वाइन फलुको लक्षण अन्तर्गत रुघा खोकी, ज्वरो, माथिल्लो स्वास नलीको संक्रमण हुन सकछ । तर कुनै कुनै केसमा यो फोकसोमा संक्रमण देखिएर निमोनियाको जटिलताको रुपमा देखिन सकने जनाउदै डा.मरासिनि यस्तोमा सास लिन असजिलो, स्वा-स्वा हुनु, छाती दुख्नु आदि हुने बताउछन ।
सामान्य रुघा खोकी जस्तै स्वाईन फ्लु को भाईरस मुख्य रुपमा संक्रमित व्यक्तिले खोक्दा, हाच्छिउ गर्दा, वोल्दा मुखवाट निस्किने पानीका स-साना कणहरुको माध्यमले वातावरण मा फैलिन्छ ।
इपिडिमियोलजीले मुलुकमा स्वाईन फलु भएकाहरुमा एक्कासी कडा संक्रमण देखिन थालिए पछि यस पटक रुघा खोकीका ल्ाक्षण देखिएकाहरुको उपचारमा अस्पताललाइ थप सतर्कता अपनाउन समेत निर्देशन दिएको थियो ।
सन २००९ मा अमेरिका वाट मुलुकमा आएको स्वाइनको सुचक केस थिए भने यसको तिन/चार महिना पछि नै यो संक्रमण नेपाली समाजमा फैलि सके पनि गत वर्ष सम्म खासै त्यति कडा रुपमा देखिएको थिएन । यस पटकको स्वाइन पहिले भन्दा कडा र फरक तवरको इपिडिमियोलजी र रोग नियन्त्रण महाशाखाले ले जनाएको छ
####
0 comments
Write Down Your Comment