आइफोनको पछि लाग्ने युवतीलाई ढलबाट निकालियो
###

 युवयुवती र उनीहरुको फोन एकअर्काका परिपुरक जस्तै भएका छन् । १६ वर्षकी एला सान्कीलाई नै हेनुर्सु न । कुकरलाई डुलाउँदै गर्दा उनले आफ्नो नयाँ आइफोन नालीमा झारिन् ।




फोन खोज्न उनी नालीमा पस्नसमेत पछि परिनन् । तर, फोन भेट्टाउन सकिनन् । फोन खोज्ने धुनमा नालीमा पसेकी उनी त्यसबेला फसादमा परिन्, जब बाहिर आउनै सकिनन् । उनकी आमासहितका सहयोगीले निकाल्ने प्रयास गरे पनि सफल भएनन् ।

आपतकालिन नम्बरमा कल गरेपछि भाग्यवश आकस्मिक सेवाका अधिकारीहरु समयमै आए । झण्डै ९ मिनेट एला सान्की अडकेर बसिन । उद्धारपछि उनले भनिन-’एक जनासँग कुराकानी गरेपछि गोजीमा फोन राख्छु भनेको नालीमा खस्यो । मैले आफैलाई भने यसलाई छोडि्दनँ र नालीमा हामफालेँ ।’
####

0 comments

Write Down Your Comment