मल्लतिर प्रचण्ड, रायमाझीतिर बाबुराम र नारायणकाजी
###
|
२१ चैत्र, काठमाडौं । कीर्तिपुरमा शुक्रबारदेखि शुरु अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलनमा कसलाई अध्यक्ष बनाउने भन्नेमा एमाओवादीको शीर्ष नेतृत्ववीच मत बाझेको छ । पार्टी अध्यक्ष प्रचण्ड रमेश मल्ललाई अध्यक्ष बनाउने पक्षमा छन् भने डा. बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ जागृत रायमाझीलाई अखिल क्रान्तिकारीको अध्यक्ष बनाउनुपर्ने पक्षमा उभिएका छन् । अध्यक्षका अर्का दावेदार विन्दमान विष्ट भने पछि हटेका छन् ।
अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन शुक्रबार कीर्तिपुरमा प्रचण्डले उदघाटन गरेपछि २५ गतेसम्म चल्नेछ । शनिबारदेखि सुरु हुने बन्दशत्रमा निर्वाचनको माध्यमबाट केन्द्रीय समिति चयन गर्ने कि सहमतिबाटै छान्ने भन्नेमा नेताहरुवीच छलफल चलिरहेको विद्यार्थी नेताले बताएका छन् ।
रमेश मल्लको स्थिति
सल्यान स्थायी घर भएका रमेश मल्ल अखिल क्रान्तिकारीका वर्तमान उपाध्यक्ष हुन् । ०६४ को चुनावमा काठमाडौं २ मा झक्कु सुवेदीलाई चुनाव जिताउन खटेका मल्ल दोस्रो संविधानसभामा पनि सो क्षेत्रमा लीलामणि पोख्रेलको चुनाव प्रचारमा खटेका दिए । जनयुद्धकालीन पृष्ठभूमिबाट आएका मल्ललाई जनयुद्धकालका नेताहरुको बलियो साथ रहेको बताइन्छ ।
तर, दीनानाथ शर्मा शिक्षामन्त्री भएका बेला स्वकीय सचिवमा रहँदा सीटीइभीटीलगायतका विवादमा तानिएपछि मल्लका आलोचकहरु संगठनमा बढेको बताइन्छ । औपचारिक शिक्षामा पनि मल्लले स्नातक सकेका छैनन् । मल्लको सकारात्मक पक्षचाँहि के छ भने पार्टीबाट विद्यार्थीको प|mयाक्सन हेर्ने इञ्चार्ज हेमन्त प्रकाश ओलीसमेत मल्ललाई नै अध्यक्ष बनाउनुपर्न भन्ने पक्षमा छन् ।
मल्लले आफूलाई अध्यक्ष प्रचण्डको समर्थन रहेको बताए पनि प्रचण्डले मुख खोलिनसकेको स्रोत बताउँछ । साथै वाइसिएलमा जस्तै कार्यदल बनाएर विवाद समाधान गर्नुपर्ने मल्ल पक्षको प्रस्तावलाई प्रचण्डले अस्वीकार गरेको बुझिएको छ ।
रायमाझीको स्थिति
मल्लजस्तै वर्तमान उपाध्यक्षको भूमिकामा रहेका जागृत रायमाझीलाई डा. बाबुराम भट्टराई र नारायाणकाजी श्रेष्ठको बलियो समर्थन रहेको छ । पोष्टबहादुर बोगटीले पनि रायमाझी ठीकै उम्मेद्वार रहेको बताउन थालेको स्रोतले बतायो । पूर्वएकताकेन्द्र पक्षबाट आएका रायमाझीलाई जनयुद्धमा भूमिमा नखेलेको भन्दै मल्लपक्षले आलोचना गरेको छ । तर, रायमाझी पक्षको आँकलन अनुसार ०६२ सालयता ७ वर्ष बितिसकेकाले क्रान्तिकारीको प्रतिनिधि बन्ने विद्यार्थीहरु अक्सर जनयुद्धपछिको उत्पादन भएकाले पार्टीमा जस्तो जनयुद्धमा भाग लिएका र नलिएका भन्ने विवाद विद्यार्थी संगठनमा फलदायी हुने देखिन्न ।
रायभाझीलाई मधेसका तीन राज्यको समर्थन रहेको र सुदुर पश्चिममा विद्यार्थी नेताले पनि शुक्रबार इञ्चार्ज हेमन्तप्रकाशसँग डेलिगेसन गएर आफूहरुले जागृतलाई समर्थन गर्ने बताएको बुझिएको छ । चुनावबाट नेतृत्व छानिने अवस्था आए अत्यधीक बहुमतले जित्ने रायमाझी पक्षको दाबी छ ।
निर्वाचनबाट नेतृत्व छान्नका लागि दीनानाथ शर्माका ज्वाइँ अधिवक्ता सोमनाथ सापकोटाको संयोजकत्वमा निर्वाचन कमिटी गठन भएको छ । यद्यपि सहमतिबाटै नेतृत्व निर्माणका लागि प्रयास भइरहेको नेताहरुले बताएका छन् । वतएमान अध्यक्ष हिमाल शर्माले भने मल्ल या रायमाझी कसैको पनि खुलेर पक्ष नलिएको स्रोतले बतायो ।
सहमतिका आधारमा रायमाझी अध्यक्ष बनेको अवस्था मल्ल काठमाडौं २ को उपनिर्वाचनमा सभासदको उम्मेद्वार बन्ने सम्भावना रहेको स्रोतले बतायो ।
तर, आफू पछि हट्ने कुनै सम्भावना नरहेको मल्लले अनलाइनखबरसँग बताए । ‘धेरै प्रतिनिधि साथीहरुले मलाई अध्यक्षका रुपमा अघि सारेका छन्, यो बेलामा पनि म पछि हटें भने कसरी राजनीति गर्ने ?’ मल्लले अनलाइनखबरसँग भने,’ मैले जित्ने निश्चित छ ।’
तर, पार्टीको संस्थापन पक्षले आफूलाई खुलेर भन्न नसक्दा समस्या आएको उनले बताए । त्यो भन्नासाथ रायमाझी पछि हट्नुपर्ने उनले बताए । रायमाझीले भने विद्यार्थी राजनीतिबाट अवकास लिनेलाई पार्टीमा भूमिका दिने गरी सहमतिका आधारमा नेतृत्व छान्नु पर्नेसहितका विकल्प अघि सारेका छन् ।
####
.jpg)





0 comments
Write Down Your Comment