अमेरिकामा सैनीकहरु बीच गोली हानाहान, तीनको मृत्यु १६ घाइते
###

काठमाडौं, चैत्र २० । अमेरिकाको टेक्ससस्थित फोर्ट हुड आर्मी बेसमा गोली हानाहान हुँदा तीन जना मारिएका छन् । आर्मी बेसभित्रै सैनिकहरुले एकापसमा गोली हानाहान गर्दा १६ जना घाइते भएका छन् । मृतकको संख्या बढ्नसक्ने सैनिक अधिकारीले बताएका छन् । घाईतेलाई विभिन्न सैनिक र नागरिक अस्पतालमा लगिएको छ ।
अमेरीकी सुरक्षा अधिकारीहरुले घटना आर्मी बेसभित्रको आन्तरिक झडप जस्तो देखिएकोले कुनै खाले आतंकवादी संलग्नता नरहेको दावी गरेका छन् । घटना कसले र किन गरायो भन्ने एकिन हुन सकेको छैन ।
यसैबीच अमेरीकी राष्ट्रपति बाराक ओबामाले घटनाबाट आफ्ु दुखी भएको प्रतिक्रिया दिएका छन् । यसअघि सन् २००९ को नोभेम्बर ५ मा यही फोर्ट हुड आर्मी ब्यारेकमा निदाल मलिक हसन नाम गरेका आर्मी मेजरले अन्धाधुन्ध गोली चलाएर १३ जनाको हत्या गरेका थिए ।
####

0 comments

Write Down Your Comment