क्रिकेट खेलाडीलाई कपिलवस्तुमा भव्य सम्मान
###

कपिलवस्तु, चैत्र २० । ट्वान्टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका नेपाली क्रिकेट टोलीका चार जना सदस्यहरुलाई आज कपिलवस्तुमा भव्य सम्मान गरिएको छ ।


राष्ट्रिय क्रिकेट टिम सम्मान समारोहको आयोजनामा तौलीहवामा गरिएको कार्यक्रममा टोलीका सदस्यहरु शक्ति गौचन, सागर पुन, अमृत भट्टराई र राहुल विश्कर्मालाई सम्मान गरिएको हो ।

बंगलादेशमा जारी टी–२० विश्वकपमा नेपाल र नेपालीको प्रतिष्ठा उँचो राख्न सफल उनीहरुलाई बाजागाजासहित नगरको परिक्रमा गराइको थियो । खेलाडीहरुलाई प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र घिमिरेले सम्मानपत्र र मायाको चिनोको रुपमा बुद्ध मूर्ति प्रदान गरेका थिए ।
####

0 comments

Write Down Your Comment