###
|
चितवन, चैत्र २० । भरतपुर कारागारभित्र शिवप्रसाद पौडेलको हत्याका अभियुक्त मध्ये ८ जनालाई जिल्ला अदालत चितवनले सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको छ । जिल्ला न्यायाधीश विनोदमोहन आचार्यको एकल इजलासले आज शिवका हत्याराहरुलाई जन्मकैदको फैसला गरेको हो ।
सर्वस्वसहित जन्मकैदको सजाय पाउनेहरुमा सुनिल गुरुङ, सरण गुरुङ, सुनिल केसी, फणिन्द्र श्रेष्ठ, छोइला भनिने सुरज श्रेष्ठ, दिलबहादुर लामा, सजेन्द्र राई र अमिर गुरुङ रहेका छन् ।
सो मुद्दाका १७ जना अभियुक्त मध्ये ६ जनालाई ५ वर्ष कैदको फैसला सुनाइएको जिल्ला अदालतका नायवसुब्बा जयनारायण आचार्यले जानकारी दिए । ५ वर्षको कैद सजाय पाउनेहरुमा प्रकाश तामाङ, अमित लामा तामाङ, विक्रम लामा, चन्द्रबहादुर थापा मगर, भीमकुमार पाख्रिन र राजकुमार घलान रहेका छन् ।
त्यसैगरी, प्रतिवादी ३ जनाले भने सफाइ पाएका छन् । सफाइ पाउनेहरुमा दीपक शाह, सूर्यबहादुर पुन र सफेन्द्र तामाङ रहेका छन् । घटनाको योजना बनाउने भनिएका १० जनाले पनि सफाइ पाएका छन् ।
तरुण दल चितवनका तत्कालीन जिल्ला अध्यक्ष पौडेल २०६८ मंसिर २० गते बिहान भरतपुर कारागारभित्रै भएको आक्रमणमा घाइते भएकोमा उपचारको क्रममा काठमाडौमा मृत्यु भएको थियो ।
####
.jpg)




0 comments
Write Down Your Comment