बेलायतमा नेपाली विद्यार्थीको आत्महत्या
###
|
ब्रिष्टोल । बेलायतमा अध्यायनरत नेपाली शेष बहादुर गुरुङले गत बुधबार झुण्डिएर आत्माहत्या गरेका छन् । ह्वाइटच्यापलमा रहेको गिल्डहल कलेजमा अध्यायनरत गुरुङ बि्रष्टोलस्थित कोठामा अपि्रल २ गते झुण्डिएको अवस्थामा मृत फेला परेका थिए ।
बुटबलमा वडा नं ६ लक्ष्मिनगरका २६ वर्षका गुरुङ सन् २००९ को सेप्टेम्बर महिनामा बेलायत आएका हुन । उनको पुख्र्यौली घर भने तनहुंको फिरफिरे हो । मृतक गुरुङको बुबा, आमा र भाई बुटवलमा बस्दै आएका छन् ।
उनी स्थानीय बुफे रेष्टुरेण्टमा केहि समयदेखि काम गर्दै आएका थिए । त्यहि रेष्टुरेण्टले उपलब्ध गराएको आवास कक्षमा उनी झुण्डिएको अवस्थामा मृत भेटिएको स्थानीय प्रहरीले जानकारी दिएको छ ।
मृतक गुरुङका साथी कमल थापाका अनुसार शेषको मृत शरीरलाई स्थानीय फ्युनरलसंग समन्वय गरेर नेपाल पठाउने तयारी भइरहेको छ । उनको पार्थीव शरीरलाई नेपाल पठाउनका लागि लाग्ने आवश्यक रकम जुटाउन कलेजका विद्यार्थीहरुले फण्ड रेइजिङ टिम बनाएर अभियान थालेका छन् । साथै गैर आवासीय नेपाली संघ युके र अन्य नेपाली संघसंस्थाहरुसंग पनि सहयोग जुटाउन पहल गरिने बताइएको छ ।
प्रहरीले उनको कोठाबाट सुसाईड नोट बरामद गरेपनि त्यसमा के लेखिएको थियो भन्ने खुलेको छैन । प्रहरीले मृत्युबारे आवश्यक अनुसन्धान गरिरहेको उनका आफन्तले बताएका छन् ।
मृतकका साथी थापाले विद्यार्थीहरुको समस्या दिनप्रतिदिन बढ्दै गइरहेको अवस्थामा डिप्रेसनको कारणले शेषले कठोर निर्णय लिएको हुनसक्ने बताए । उनले मृतकको शव नेपाल पठाउनका लागि सहयोग गर्न बेलायतवास नेपालीहरुलाई आव्हान गरेका छन् ।
####
.jpg)





0 comments
Write Down Your Comment