भारतमा ६० रुपैयाँ, धरान पुग्दा ९ सय
###

 धरान, चैत्र २० - डेनमार्कका समाजशास्त्री खलिल अहमदले डेढ दशकअघि यहाँ आएर लागूऔषध प्रयोगकर्ताबीच अनुसन्धान गरे । अनुसन्धानपछि प्रतिवेदनमा उनले भनेका छन्- 'टाइम बम अन्डर द सिटी ।' उनको यो भनाइले धरान र आसपासको सहरमा लागूऔषधको जोखिम कुन स्तरमा छ भन्ने देखाउँछ । कुलतले यहाँका धेरै परिवार बर्बाद भएका छन् । कलिलो उमेरमै एचआईभी संक्रमणका कारण मृत्यु भएका घटनासमेत छन् ।

यहाँको इलाका प्रहरी कार्यालयको हिरासतमा सरदर दैनिक ४० बन्दी हुन्छन् । तीमध्ये ६० प्रतिशत लागूपदार्थ कारोबारमा संलग्न हुन् । एक दशकयता केही गिरोहले छिटो पैसा कमाउन धरानलाई मुख्य बजार बनाएर लागूऔषध ओसारपसार तीव्र बनाएका हुन् । भारतीय नाका जोगबनी र भन्टाबारीबाट यहाँ ल्याइने लागूऔषधका उपभोक्तामा नयाँ पुस्ताका किशोरकिशोरी धेरै छन् । प्रहरी नायब उपरीक्षक सञ्जयसिं थापाले भने, 'यहाँ पक्राउ पर्नेहरूमध्ये अधिकांश लागूपदार्थ कारोवार र दुव्र्यसनमा संलग्न नै हुन् । अवस्था कहालीलाग्दो छ ।'

पुराना प्रयोगकर्ता नसुधि्रनु र सुधि्रएको भनिएकाहरूले नै नयाँ पुस्तालाई यसमा लगाउने गरेकाले जति पक्राउ गरे पनि नियन्त्रण गर्न मुस्किल परेको उनले बताए । 'सही शिक्षा र संस्कार पाउन नसक्दा नयाँ पुस्ता दल-दलमा फसेका छन्,' उनले भने, 'दण्ड जरिवाना र जेलनेलले मात्र यो रोकिने अवस्था छैन ।'

प्रहरीका अनुसार भारतमा ६० रुपैयाँ पर्ने कोरेक्स धरान आइपुग्दा ९ सय रुपैयाँसम्म पर्ने गरेको छ । 'यो क्रयशक्ति भएकाहरूको सहर हो,' थापाले भने, 'त्यसैले लागूपदार्थका कारोबारीले धरानलाई मुख्य बजार बनाएका छन् ।'

दुव्र्यसनमा फसेकाहरूका लागि यहाँ पनि सुधार गृहहरू छन् । किराँत याक्थुङ चुम्लुङ पुनर्जीवन केन्द्रका निर्देशक कमल तिगेला भन्छन््, 'सरकारले नियन्त्रण गर्न सकेको छैन, गैरसरकारी संस्थाले मात्रै गरेर कति थेग्नु ?' उनका अनुसार मुलुकमा हाल ८० हजार लागूऔषध प्रयोगकर्ता भएको सरकारी तथ्यांक छ । यसको ठूलो हिस्सा पूर्वाञ्चलका सहर केन्दि्रत छ ।

बढी नशा लिन दिनदिनै नयाँ प्रयोगगरी औषधि मिसाउने पनि धेरै छन् । डाइजेपाम, एभिल र नफिर्न मिसाएर एक एम्पुलको सेट बनाउन थालेको भेटिएको तिगेलाले बताए । अन्यत्र असुरक्षित यौनसम्पर्कमा संलग्नलाई एचआईभीको जोखिम हुने तथ्यांक भए पनि यहाँ सुईबाट लागूऔषध लिनेलाई बढी संक्रमण पाइएको केन्द्रको तथ्यांक छ । प्रहरीले विशेष अभियान सञ्चालन गरी ३ महिनामा ७० जनालाई पक्राउ गरेको छ । पक्राउ परेकामध्ये सिकारु २६ जनालाई अभिभावकको रोहवरमा सुधार केन्द्र, दुईलाई बालसुधार गृह र १५ कारोबारीलाई पुर्पक्षका लागि कारागार चलान गरिएको थापाले जनाए । उनका अनुसार पक्राउ र बरामदीको अवस्थाले धरानमा मात्रै दैनिक ५ लाख रुपैयाँ हाराहारीको लागूऔषध सेवन हुने गरेको छ ।

केन्द्रको कन्सल्ट्यान्ट रहेर समाजशास्त्री अहमदले सन् १९९९ मा अनुसन्धान गरेका बेला धरानमा लागू पदार्थ सेवनकर्ताको संख्या बढेर ५ हजारको हाराहारी पुगेको पाइएको थियो । अनुसन्धानमा उनले लागू पदार्थ ओसारपसार र सेवनकर्ताको तत्काल कतैबाट नियन्त्रण नभए धरानमा सामाजिक र पारिवारिक विचलन आई विकराल समस्या सिर्जना हुन सक्ने र कुनै पनि बेला टाइम बमजस्तै विस्फोट हुन सक्ने निष्कर्ष निकालेका थिए ।
####

0 comments

Write Down Your Comment