कोरिया सरकारले (इपीएस) तालिका निकाल्यो
###

नेपाली कामदार रोजगारदाताको रोजाईमा
सोल, चैत्र २५ - दक्षिण कोरिया सरकारले  रोजगार अनुमति प्रणाली (ईपीएस) अन्र्तगत पाँचौ भाषा परीक्षा एक बर्ष भित्रै संचालन गर्ने भएको छ । यहाँको मानव संसाधन विकास संस्था (एचआरडी)ले सोमबार  कार्यक्रम तालिका प्रकाशन गर्दै सो कुरा जनाएको हो । उसले नेपाल लगायत ६ राष्ट्रको भाषा परीक्षा लिन लागेको हो ।


तालिका अनुसार जुलाई ३१ मा आवेदन आव्ह्रान गर्ने र अगस्त १३ देखि १६ सम्म चार दिन काठमाडांै, धरान र बुटवलबाट आवेदन लिइने योजना बनाइएको छ । त्यसैगरी सेप्टेम्बर २६ र २७ मा परीक्षा लिइने जनाइएको छ । तालिकामा कुन देशलाई कति कोटा दिइएकोबारे उल्लेख गरिएको छैन । औद्योगीक उत्पादन क्षेत्र र कृष िक्षेत्रको  अदक्ष  कामदारका लागि लिइने परीक्षाको परीक्षाफल भने अक्टोबर १५ मा प्रकाशित हुने जनाइएको छ । पाँचौ भाषा परीक्षा उतिण्र्ा गर्ने उमेरद्धार २०१५ को कोटामा आउने छन् । यहाँको सरकारले डिसेम्बर अन्तिममा बार्षिक कोटा स्वीकृत गर्दछ ।

गत बर्ष लिइएको चौंथो भाषा परीक्षाबाट उतीर्ण  भएका  ८ हजार ७ सय २२  उमेरद्धारको माग बढेकाले पाँचौ भाषा परीक्षा संचालन गर्न लागेको सोलस्थित नेपाली दूतावासका श्रमसहचारी  अनिलकुमार गुरुङले बताए । 'रोजगारदाताको माग यसरी नै बढे अर्को बर्षको रोस्टर खालि हुन्छ , त्यसैले भाषा परीक्षा अनिवार्य छ ।' उनले भने । ईपीएस शाखा नेपालका एक अधिकारीका अनुसार गत तीन महिनाभित्र  २७ सय भन्दा बढी उमेरद्धारको श्रम सम्झौता भइसकेको छ ।

कोरियाले साना तथा मझौला उद्योगहरुमा आवश्यक पर्ने कामदारको छनौट भाषा परीक्षा मार्फत गर्दै आएको छ । यस्तो भाषा परीक्षामा सहभागि हुन  आवेदक १८ देखि ३९ बर्ष उमेर समूहको हुनुपर्ने छ । साथै अपराधिक गतिविधिमा संलग्न नभएको, विगतमा गणतन्त्र कोरियामा गइ गैह्र कानुनी रुपमा बसोबास नगरेको, आफ्नो देशबाट विदेश जान रोक नलगाइएको र दुई देशले निर्धारण गरेको मापदण्ड पुग्ने हुनु पर्दछ ।

सन् २००७ जुलाई ३१ मा नेपाल र कोरियाबीच एमओयूमा हस्ताक्षर भएपछि नेपाली युवाहरु कोरिया आउन थालेका हुन् । हालसम्म ४ पटक कोरियन भाषा परीक्षा संचालन भइसकेको छ भने करिब २२ हजार नेपाली युवाले रोजगारी पाएका छन् । अन्य देशका कामदारको तुलनामा नेपाली कामदारहरु मिहेनती र इमान्दार भएकाले रोजगारदाताको रोजाइमा पर्ने गरेका छन् । थोरै लगानीमा मासिक १ लाखरुपैयाँ कमाई हुने भएकाले कोरिया नेपाली युवाहरुको अकर्षक रोजगारस्थल बन्दै गएको छ । यसअघि २०१२ र १३ मा सबैभन्दा धेरै नेपाली यूवा यहाँ आएका थिए ।
####

,

0 comments

Write Down Your Comment