नेपाली कामदार रोजगारदाताको रोजाईमा
सोल, चैत्र २५ - दक्षिण कोरिया सरकारले रोजगार अनुमति प्रणाली (ईपीएस) अन्र्तगत पाँचौ भाषा परीक्षा एक बर्ष भित्रै संचालन गर्ने भएको छ । यहाँको मानव संसाधन विकास संस्था (एचआरडी)ले सोमबार कार्यक्रम तालिका प्रकाशन गर्दै सो कुरा जनाएको हो । उसले नेपाल लगायत ६ राष्ट्रको भाषा परीक्षा लिन लागेको हो ।
तालिका अनुसार जुलाई ३१ मा आवेदन आव्ह्रान गर्ने र अगस्त १३ देखि १६ सम्म चार दिन काठमाडांै, धरान र बुटवलबाट आवेदन लिइने योजना बनाइएको छ । त्यसैगरी सेप्टेम्बर २६ र २७ मा परीक्षा लिइने जनाइएको छ । तालिकामा कुन देशलाई कति कोटा दिइएकोबारे उल्लेख गरिएको छैन । औद्योगीक उत्पादन क्षेत्र र कृष िक्षेत्रको अदक्ष कामदारका लागि लिइने परीक्षाको परीक्षाफल भने अक्टोबर १५ मा प्रकाशित हुने जनाइएको छ । पाँचौ भाषा परीक्षा उतिण्र्ा गर्ने उमेरद्धार २०१५ को कोटामा आउने छन् । यहाँको सरकारले डिसेम्बर अन्तिममा बार्षिक कोटा स्वीकृत गर्दछ ।
गत बर्ष लिइएको चौंथो भाषा परीक्षाबाट उतीर्ण भएका ८ हजार ७ सय २२ उमेरद्धारको माग बढेकाले पाँचौ भाषा परीक्षा संचालन गर्न लागेको सोलस्थित नेपाली दूतावासका श्रमसहचारी अनिलकुमार गुरुङले बताए । 'रोजगारदाताको माग यसरी नै बढे अर्को बर्षको रोस्टर खालि हुन्छ , त्यसैले भाषा परीक्षा अनिवार्य छ ।' उनले भने । ईपीएस शाखा नेपालका एक अधिकारीका अनुसार गत तीन महिनाभित्र २७ सय भन्दा बढी उमेरद्धारको श्रम सम्झौता भइसकेको छ ।
कोरियाले साना तथा मझौला उद्योगहरुमा आवश्यक पर्ने कामदारको छनौट भाषा परीक्षा मार्फत गर्दै आएको छ । यस्तो भाषा परीक्षामा सहभागि हुन आवेदक १८ देखि ३९ बर्ष उमेर समूहको हुनुपर्ने छ । साथै अपराधिक गतिविधिमा संलग्न नभएको, विगतमा गणतन्त्र कोरियामा गइ गैह्र कानुनी रुपमा बसोबास नगरेको, आफ्नो देशबाट विदेश जान रोक नलगाइएको र दुई देशले निर्धारण गरेको मापदण्ड पुग्ने हुनु पर्दछ ।
सन् २००७ जुलाई ३१ मा नेपाल र कोरियाबीच एमओयूमा हस्ताक्षर भएपछि नेपाली युवाहरु कोरिया आउन थालेका हुन् । हालसम्म ४ पटक कोरियन भाषा परीक्षा संचालन भइसकेको छ भने करिब २२ हजार नेपाली युवाले रोजगारी पाएका छन् । अन्य देशका कामदारको तुलनामा नेपाली कामदारहरु मिहेनती र इमान्दार भएकाले रोजगारदाताको रोजाइमा पर्ने गरेका छन् । थोरै लगानीमा मासिक १ लाखरुपैयाँ कमाई हुने भएकाले कोरिया नेपाली युवाहरुको अकर्षक रोजगारस्थल बन्दै गएको छ । यसअघि २०१२ र १३ मा सबैभन्दा धेरै नेपाली यूवा यहाँ आएका थिए ।

अष्ट्रेलिया, चैत्र २२ - नेपाली बिद्यार्थीहरुको भिषा प्रक्रियामा नेपालका दुई बैंकबाट मात्र गरिने आर्थिक कारोबार मान्य हुने अष्ट्रेलियन अध्यागमनको नियम कानुनसम्मत नभएको यहाँको अदालतले निर्णय गरेको छ । यसबाट अबदेखि नेपाली बिद्यार्थीले भिषा प्रक्रियामा नेपालमा कानुनतः दर्ता भएका जुनसुकै बैंकहरुबाट बनाएको कागजपत्र मान्य हुनेछ ।
अष्ट्रेलियाको कानुनमा विद्यावारिधी गरेका सोलिसिटर डा. शमशेर थापाले अष्ट्रेलियन अध्यागमनको उक्त नियमका बिरुद्ध गतबर्षको अप्रिलमा मुद्दा दायर गरेका थिए । अष्ट्रेलिया सरकारले दिल्लीस्थित हाईकमिसन अन्तर्गत नेपालका बैंकहरुको अध्ययन गरेर नबिल बैंक र एसबिआई बैंकलाई मात्र बिद्यार्थी भिषा प्रक्रियाको लागि बैंकिङ कागजपत्र बनाउने अधिकार दिइएको थियो । अष्ट्रेलियन सरकारले उक्त प्रतिवेदनलाई आधार मान्दै आफ्नो नीति नै कानुनको रुपमा लागु गरेको थियो । जुन निर्णय पछिल्लो समयसम्म विवादित थियो ।
उक्त मुद्दाको सुनवाई गर्दै अष्ट्रेलियाको फेडेरल सर्किट कोर्टले विद्यार्थी भिषा प्रक्रियामा दुईवटा बैंकलाई मात्र आर्थिक कारोबार गर्ने अधिकार दिईनु कानुन सम्मत नभएको निर्णय सुनाएको हो । संघीय अदालतका न्यायाधिश जज निकोल्सले अध्यागमनले गरेको तर्कलाई मान्यता नदिंदै दुईवटा बैंकलाई मात्र अधिकार दिईनु कानुनसँग बाझिने कुरा भएको बताएका थिए । कानुनसम्मत दर्ता भएर आर्थिक कारोबार गर्ने अधिकार पाएका जुनसुकै संस्थाबाट आएको कागजपत्र आधिकारिक मानिनुपर्ने उनको तर्क छ । अष्ट्रेलियाको कानुन अनुसार बैंकमात्र नभएर अन्य कानुनतः दर्ता भएका र राष्ट्र बैंकबाट मान्यता पाएका आर्थिक संस्थाहरु समेत समेटिनेछन् ।
अष्ट्रेलियाको मिनिस्टर फर इमिग्रेसन र माइग्रेसन रिभ्यु टि्रब्युनललाई प्रतिवादी बनाएर सोलिसिटर डा. थापाले उक्त मुद्दा दायर गरेका हुन् । मुद्दा जितिसकेपछि हषिर्त हुँदै उनले कान्तिपुरसँग भने,'वास्तवमा यो निर्णय जायज र व्यवहारिक हैन भन्ने कुरा पहिल्यैदेखि आएको हो । र आखिरमा आएर यसलाई प्रमाणित गर्न सकेकोमा सन्तुष्ट छु ।' यसले उच्च अध्ययनका लागि अष्ट्रेलिया आउन चाहने र यहाँ अध्ययनरत नेपाली युवाहरुलाई सहज बनाउने उनको तर्क छ ।
अबदेखि नेपालका कानुनसम्मत जुनसुकै आर्थिक कारोबार गर्ने संस्थाबाट आएको कागजपत्र स्विकार्य हुने भएपनि त्यसको भिषा दिने /नदिने अधिकार भने अध्यागमनमा नै नीहित हुनेछ ।

१७ चैत, काठमाडौं । गोरखा भूतपूर्व सैनिक संघ (गेसो)का सभापति पदमबहादुर गुरुङले पराराष्ट्र मन्त्री महेन्द्र पाण्डे लाई भेटेर गोरखाहरुले अन्तराष्ट्रिय रुपमा चलाइरहेको आन्दोलन र बेलायतमा गोरखाहरुलाई एमआरपी लिने क्रममा भएको समस्या बारे जानकारी गराएका छन् । सभापति गुरुङले सोमबार मन्त्री पाण्डेलाई भेटेर गोरखाहरुले सञ्चालन गरिरहेको आन्दोलनबारे जानकारी गराएका हुन् । यसैक्रममा गुरुङले बेलायतस्थित नेपाली दुताबासमा एमआरपी लिदाँ गोरखा सैनिक र उनका परिवारका सदस्यलाई अनावश्यक सास्ती दिइएको भन्दै मन्त्रीको ध्यानआकर्षण गराए ।
सभापति गुरुङले वेलायती दुतावासका कर्मचारीहरुबाट गोरखा र उनका सन्तानहरुले अनावश्यक सास्ती पाएको भन्दै तत्काल समस्या समाधानका लागि पहल गरिदिन अनुरोध गरे । मन्त्री पाण्डेले विषयमा तत्कालै बेलायत स्थित दुतावासलाई आवश्यक निर्देशन दिने बताए । गोरखा सैनिक र उनका सन्तानले एमआरपी लिने क्रममा बेलायती दुतावासका कर्मचारीहरुले अनावश्यक सास्ती दिदै आएको गुरुङले गुनासो गरे ।
गोरखा सैनिक र उनका सन्तानहरुले आफ्नो पेन्सनको कागजपत्रमा रहेको जन्ममितिको आधारमा पासपोर्ट लिएर बेलायत पुगेका गोरखाहरुलाई एमआरपी बनाउने क्रममा जन्ममिति नमिलेको भन्दै फर्काउने गरेको बताए । ‘पहिले चहि त्यही मितिका आधारमा पासपोर्ट दिने, अहिले चाँहि हुन्न भनिरहेका छन्’ भूतपूर्व गोरखा सैनिक जितेन्द्र लिम्बुले भने,’पैसा खानका लागि अनेक बहाना बनाइरहेका छन् ।’ परराष्ट्रमन्त्रीसँगको भेटमा सभासद् रविन्द्र अधिकारी, गोरखा एकेडेमिक फोरमका अध्यक्ष शिव गुरुङ, गोरखा सैनिक आवाजका सम्पादक राजेश राईसमेत सहभागी थिए ।
सभापति गुरुङले वेलायती दुतावासका कर्मचारीहरुबाट गोरखा र उनका सन्तानहरुले अनावश्यक सास्ती पाएको भन्दै तत्काल समस्या समाधानका लागि पहल गरिदिन अनुरोध गरे । मन्त्री पाण्डेले विषयमा तत्कालै बेलायत स्थित दुतावासलाई आवश्यक निर्देशन दिने बताए । गोरखा सैनिक र उनका सन्तानले एमआरपी लिने क्रममा बेलायती दुतावासका कर्मचारीहरुले अनावश्यक सास्ती दिदै आएको गुरुङले गुनासो गरे ।गोरखा सैनिक र उनका सन्तानहरुले आफ्नो पेन्सनको कागजपत्रमा रहेको जन्ममितिको आधारमा पासपोर्ट लिएर बेलायत पुगेका गोरखाहरुलाई एमआरपी बनाउने क्रममा जन्ममिति नमिलेको भन्दै फर्काउने गरेको बताए । ‘पहिले चहि त्यही मितिका आधारमा पासपोर्ट दिने, अहिले चाँहि हुन्न भनिरहेका छन्’ भूतपूर्व गोरखा सैनिक जितेन्द्र लिम्बुले भने,’पैसा खानका लागि अनेक बहाना बनाइरहेका छन् ।’ परराष्ट्रमन्त्रीसँगको भेटमा सभासद् रविन्द्र अधिकारी, गोरखा एकेडेमिक फोरमका अध्यक्ष शिव गुरुङ, गोरखा सैनिक आवाजका सम्पादक राजेश राईसमेत सहभागी थिए ।
आम्सर्टरडम । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाजले दोस्रो इनास फिल्म अवार्डका साथ फिल्म महोत्सबको आयोजना गर्ने भएको छ । दोस्रो इनास फिल्म अवार्डका साथ फिल्म महोत्सब मार्च २९ र ३० मा हुने छ ।नेपाली चलचित्र क्षेत्रलाई विश्व बजारमा प्रवर्द्धन गर्ने र नेपाली कला र संस्कृतिका लागि इनासले खेल्नुपर्ने भूमिकाको बिषयमा र यस क्षेत्रसँग समबन्धित अन्तर्राष्ट्रिय संघ संस्थाहरुसँग अन्तर्कृया गर्ने उदेश्यका साथ महोत्सब गर्न लागिएको आयोजकले जानकारी गराएको छ ।
गैर आवासिय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद, युरोप क्षेत्रीय संयोजन परिषद, राष्ट्रिय परिषद नेदरल्याण्ड लगायत अन्य धेरै संघ संस्थाहरुको प्रतिनिधिसहित अन्य देशका राष्ट्रिय परिषदका पदाधिकारिहरु, नेपाली एकता समाज फ्रान्स, संस्कृति गृह फ्रान्स , एना बेल्जियम , मोना बेल्जियमसहित अन्य बिदेशी संघ संस्थाहरुका साथ कला र संस्कृतिसंग सम्बन्धित विषयमा बृहत छलफल गरिने आयोजकले जानकारी दिएको छ ।
उक्त महोत्सबमा नेपालका बरिष्ठ कलाकार निर बिक्रम शाहसहित अन्य कलाकारहरु, चलचित्र बिकास बोर्डका पदाधिकारीहरू समेतको उपस्थित रहने र सँगसंगै अन्य बिदेशी संघ संस्थाहरु समेतका प्रतिनिधिहरुसंग अन्तर्कृया गरिने समेत आयोजकले जानकारी गरायो ।
यस महोत्सबलाई बिदेशीहरुको समेत चासोको रुपमा लिएकाले अंग्रेजी फिल्म निर्माता दुर्इ हस्तीहरु डा म्याथब र डा मार्ता रोबिकोस्वासहित अन्य बिशिष्ठ ब्यक्तिहरुबाट सहभागी हुने र सहभागी हुनका लागि तथा महोत्सबलाई सफल बनाउन आ-आफ्नो क्षेत्रलाई लागि पर्न अनुरोध गरेको जानकारी प्राप्त भएको आयोजकले बताएको छ ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्थाहरुसहित नेदरल्याण्समा रहेका सबै जसो संघ संस्थाहरुको र अन्य मुलुकसहित नेदरल्याण्डसबासी नेपालीहरुको पूर्ण सहयोग र समर्थनमा हुन गैरहेको र युरोपस्तरिय नृत्य प्रतियोगिता समेत हुने छ ।
साउदी अरब । “अनिश खालिङ राई बचाउ अभियान” अन्तर्गत साउदी अरबको जेद्धाबाट संकलित ६ लाख ८० हजार ४ सय ६२ रुपैयाँ अनिश खालिङ राईकी डेढ वर्षीया छोरी ऋतु खालिङ राईको शिक्षाको निम्ति छात्रवृत्ति प्रदान गरेको छ ।
काठमाडौँमा अनिश खालिङ राई बचाउ अभियान समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा अनिश खालिङ राई बचाउ अभियान-जेद्धाका प्रतिनिधि अनिल कोयी राईले जेद्धामा संकलित रकमको चेक अनिशकी श्रीमती रबिता खालिङ राईलाई हस्तान्तरण गरेको हो ।
अनिशको जीवन रक्षाको निम्ति ब्लड मनि बापत युएर्इको अदालतमा बुझाउनु पर्ने रकम आबस्यकता भन्दा बढी संकलन भइसकेको जानकारी प्राप्त भएकोले उक्त संकलित रकम राईका छोरीको उज्वल भविष्यको लागि छात्रवृत्ति बापत हस्तान्तरण गरिएको हो । अनिश खालिङ राई बचाउ अभियान जेद्धा, साउदी अरबका अभियन्ताहरुको बैठकले यस्तो निर्णय गरेको हो ।
छात्रवृत्ति कोषलाई ब्यबस्थित गर्न अनिश खालिङ राई बचाउ अभियान अन्तरगत साउदी अरब जेद्धाको सदस्य अनिल कोयी राई, अनिश खालिङ राई बचाउ अभियान मुल समितिका तर्फबाट संचार सयोजक प्रकाश खालिङ राइ, सदस्य मनिषा राई र परिवारको तर्फबाट खालिङ राई कि श्रीमती र बिता राई सम्मिलित एक समिति पनि गठन गरिएको छ ।
अनिश खालिङ राईकी श्रीमती रबिता राईको संरक्षकत्वमा छोरी ऋतु खालिङ राईको नाममा नेपाल राष्ट्रिय बाणिज्य बैंकमा दश वर्षे मुद्दती खाता खोलि रकम जम्मा गरिएको छ । नेपाली सेवा समाज-जेद्धाका अध्यक्ष तथा समाजसेवी कृष्ण कुमार श्रेष्ठको संयोजकत्वमा गत फेब्रुवरी दोस्रो साता गठन भएको “अनिश खालिङ राई बचाउ अभियान-जेद्धा”ले फेब्रुवरीको अन्तिम सातासम्म अभियान संचालन गरेको थियो ।
उक्त अभियानमा जेद्धामा कृयाशिल संस्थाहरु: नेपाली सेवा समाज जेद्धा, आदिवासी जनजाती महासंघ-जेद्धा, नेपाली युवा क्लब जेद्धा, तामाङ घेदुङ साउदी, तमु धिं-जेद्धा, नेपाली सेवा समिति यान्बु, अलमराई कम्पनि बेकरी डिभिजन जेद्धाका नेपाली समुह लगायतको सहभागिता रहेको थियो ।

चैत ०९- नेपालमा रोजगारीको अभाव भएपछि परिवार धान्नु पर्ने बाध्यताका कारण दुइ वर्ष अघि विदेश गएका हुन् उनी । बढ्दो गरिवी र वेरोजगारीका कारण विदेश जानु उनका लागि रहर थिएन । आफ्नो परिवारलाई सुखसँग पाल्ने उनको सपना खेर गएको छ । उनी अब बाँकी रहेनन् ।
घटना हो कुवेतको । पैसा कमाउन कुवेत गएका झापा गोल्धाप निवासी ऋषिराज त्रितालको कुवेत मा नै मुत्यु भएको हो । गत चैत एक गते विहान कुवेतमा सडक दुर्घटनामा परेका ३६ वर्षीय त्रिताल को मुत्यु भएको हो । मुत्यु भएका त्रितालको शनिवार दिउँसो १ बजे घर मा शव ल्याइएको थियो । शव घरमा ल्याएसँगै गोलधाप बासीहरु शोकमा डुवेका छन् । गोलधाप ४ लंगडा चौकका त्रितालले संगालेको मिठो सपना समेत चकनाचुर भएको हो । ६८ सालको कात्तिकमा कतारबाट फर्किएर अझ धेरै कमाउन कुवेत गएका त्रितालको आउँदो दशैमा मात्रै घर आउने तयारी थियो तर चैते दशै आउनु अघि नै त्रितालले बुढेशकालमा बुवा आमालाइ छोडेर गएका छन् ।
उता मृतकका एक मात्रै दाजु विष्णु भने भाइको मुत्युको समाचार सुनेर पनि घरमा रहन पाएनन् । उनको नेपाली सेनाको शान्तिसेनामा लेवनानको लागि चैत्र २ गतेको टिकट भइसकेकोले पनि दाजु विष्णुले भाइको शव भेट्न सकेनन् । बुवा योगराज र आमा जानुकासँग गहभरी आँशु बगाउन बाहेक अर्काे विकल्प नै थिएन ।
कत्रो ठूलो कमिलो : श्रम, बुद्धि र सामाजिक मेलमिलापको प्रतिकका रुपमा चिनिने कमिलोको पूर्णकदको प्रतिमा हो यो । कलाकार विक्रमश्रीले तयार गरेको यो प्रतिमा मोरङ्गको बेतना सिमसारमा राखिएको छ । कमिलाको प्रतिमा हेर्नको लागि यतिबेला आन्तरिक पर्यटकको ओइरो नै लाग्न थालेको छ । कमिलाको प्रतिमा नेपालमै पहिलो पटक स्थापना गरिएको बुझिएको छ ।

९ चैत, काठमाडौं । साउदी अरबले त्यहाँ कार्यरत विदेशी कामदारमाथि कडाइ गर्न थालेको छ । श्रम स्वीकृति नलिएका अवैध कामदारमाथि कारवाही सुरु गरिएपछि यसको असर त्यहाँ रहेका हजारौं विदेशी कामदारमाथि परेको छ । अन्तर्राष्ट्रिय समाचार एजेन्सीले साउदी अरेबियाका आन्तरिक मामिलासम्बन्धी मन्त्रालयका प्रवक्ता लेफ्टिनेन्ट कर्नेल अहमद अल लहिदानलाई उधृत गर्दै दिएको जानकारी अनुसार साउदीमा १८ हजार अवैधानिक प्रवासी कामदारलाई हिरासतमा लिइएको छ । साउदीमा रोजगारसम्बन्धी नयाँ कानून बनेपछि त्यहाँको सरकारले ९० लाख आप्रवासी मजदुरको पहिचान गरेको बीबीसीले लेखेको छ । साउदी सरकारले ९० लाख विदेशीलाई निकालेर स्वदेशीलाई रोजगारीको अवसर दिन सकिने निश्कर्ष निकाल्न थालेको बताइएको छ । स्रोतहरुका अनुसार साउदीमा बेरोजगारी दर १२ प्रतिशत रहेको छ । साउदी सरकारले ल्याएको नयाँ श्रम कानूनअनुसार जुनसुकै कम्पनीले अब कम्तिमा १० प्रतिशत स्वदेशी कामदार राख्नुपर्ने छ । बीबीसीले जनाएअनुसार कामदार निस्काशनको असर भारतमा समेत परेको छ । साउदीमा कार्यरत २० लाख भारतीय कामदारमध्ये आइतबार अबैधानिक कामदारको समयसीमा समाप्त हुनुअगावै ९० प्रतिशत त्यस्ता कामदारहरु भारत फर्किइसकेका छन् । साउदी सरकारको यो निर्णयले भारतलाई आर्थिकरुपमा पनि प्रधान पार्नसक्ने विश्लेषण गरिएको छ । भारत सरकारले पछिल्लो वर्ष विदेशबाट करिब ७० लाख डलर बराबरको रोयल्टी प्राप्त गर्दै आएको थियो । नेपालीलाई समेत असर पछिल्लो तीन महिनामा करिब १० लाख बंगलादेश, भारत, नेपाल, पाकिस्तान, यमन लगायतका देशबाट साउदी पुगेका कामदारहरु फर्किइसकेका छन् । यसले नेपाली कामदारहरु साउदी जान निरुत्साहित हुने स्थिति देखिएको छ ।
लन्डन, चैत्र ८ - बेलायतले सन् २००९ मार्चमा भिसा खुकुलो गरेलगत्तै अध्ययनका लागि लन्डन उत्रिए दिवस कार्की (नाम परिवर्तन) । त्यतिबेला एउटा निजी कलेजमा पढ्न भिसा लागेको थियो । केही समयपछि नेपाली उद्यमीको साउथ इस्ट लन्डनस्थित उक्त कलेज बन्द भयो । उनी दुविधामा परे । घर फर्किउँ १० लाख रुपैयाँभन्दा बढी ऋणको बोझ, बसौं त कलेज नै उड्यो ।दिवसले एउटा जुक्ति निकाले- नक्कली -कागजी) बिहे गर्ने र यतै अल्भिmने । त्यही बेला एक अधबैंसे महिला २५ लाख रुपैयाँमा नक्कली बिहे गर्न राजी भइन् । नजिकैको काउन्सिलमा गएर बिहेको 'नाटक' भयो, सुटुक्क । नेपालमा रहेकी उनकी सक्कली श्रीमती र छोरीलाई यसको भेउ दिइएन । होम अफिसको नियमअनुसार दुवैको ठेगाना एउटै हुनुपर्ने भएकाले नवविवाहित जोडी सँगै बसेर आवेदन दिए, 'डिपेन्डेन्ट भिसा' आयो । दुई वर्षको प्रतीक्षापछि उच्च शिक्षा लिन बेलायत आएका दिवससँग यहींको आवासीय अधिकार -आईएलआर) छ, काम फुलटाइम । नेपालकी श्रीमती र छोरीको त अब मतलब हुने कुरै भएन, किनकि उनलाई जसरी हुन्छ बेलायत बस्नु थियो, जुन मिलिसक्यो ।
बेलायतको आवासीय अधिकार लिन नेपालीहरू लाखौं खर्च गर्न कति अग्रसर छन् भन्ने एउटा उदाहरण हो यो । यहाँ छिरेपछि जसरी र जति खर्च गरेर भए पनि यतै 'सेटल' नभई हुन्न भन्ने मनोरोगले विक्षिप्त हुँदैछन्, नेपाली युवा । विशेषगरी, विद्यार्थी भिसामा आउनेहरू यसप्रति उत्पे्ररित छन् । 'नेपाल फर्केर के गर्ने ? जागिर छैन, अभावै अभाव छ,' भर्खरमात्र कागज बनाएका एक नेपालीको तर्क छ, 'बेलायतको हावापानी, रहनसहनमा दुई चार वर्ष रमाइसकेपछि र्फकने मोह नै हट्यो ।'
अर्को उदाहरणले पनि नेपाली प्रवृत्ति झल्काउँछ । सन् २०१० तिर कन्सल्टेन्सीको सहयोगमा श्रीमान्/श्रीमती बनेर बेलायत छिरे रवीन लुइँटेल र कृपा केसी -नाम परिवर्तन) । श्रीमती विद्यार्थी, श्रीमान् फुलटाइम जागिरे । रहँदाबस्दा यो जोडीले बेलायतमै 'भविष्य' खोज्ने निधो गर्यो । बेलायतमा 'सेटल' हुन बिहे रुट मात्र छिटो र सहज मानिन्थ्यो । तर, यो बाटो अपनाउन उनीहरूको सम्बन्धविच्छेद जरुरी थियो । किनकि भित्र जेजस्तो भए पनि कागज हेर्दा उनीहरू असली दम्पती नै थिए । अन्त्यमा उक्त नक्कली जोडीले योजना मुताबिक सम्बन्ध तोडेर आ-आफ्नो बाटो रोज्ने निधो गर्यो । सम्बन्ध त्यागेर स्वतन्त्र भएपछि केटीले हङकङबाट आएका बीएनओ -बि्रटिस नेसनल ओभरसिज) पासपोर्टबाहक एक भलादमीसँग कागजी बिहे गर्ने निर्णय गरिन् । नक्कली बिहे गरेर मोटो रकम असुल्ने धन्दालाई नै पेसा बनाएका ती पुरुषले ३५ लाख रुपैयाँ मागे, दुवैको समझदारीमा काम बन्यो ।
६५ वषर्ीय भूपू लाहुरेले ३० वषर्ीया भान्जी पर्नेलाई १० लाख रुपैयाँमा यस्तो काम गरिदिएको देखि ५२ वषर्ीया महिलाले २८ वर्षको विद्यार्थीलाई आफ्नो स्ट्याटस १५ लाखमा बेचेको घटना यहाँका नेपालीमाझ रोचक बनेका छन् । बेलायत बस्नकै लागि १५ देखि पैंतीस लाख रुपैयाँसम्म तिरेर झूटो विवाह गर्ने नेपाली असंख्य छन् । नेपाली-नेपालीबीच मात्र होइन, पूर्वी युरोपेली नागरिकसँग पैसामा कृत्रिम सम्बन्ध किन्ने प्रचलन अकासिँदो छ । आवासीय अधिकार नपाइन्जेल निर्धारित रकममा थप बार्गेनिङ भइरहन्छ । 'अहिले झूटो विवाह धेरैका लागि स्वणिर्म अवसर बनेको छ,' बेलायतका नेपाली सोलिसिटर राजु थापा भन्छन्, 'पाँच वर्षपछि स्थायी आवासीय अधिकार पाउनले मानिसहरू लाखौं खर्च गर्न पनि राजी भएका पाइएको छ । तर, यो सबै काम गुपचुपमा गरिने भएकाले कसैले आफ्ना कुरा बताउन चाहँदैनन् ।' झूटो विवाह र वर्क परमिट मिलाइदिएर मोटो रकम लिने नेपालसमेतको गिरोह सक्रिय रहेको उनी बताउँछन् ।
नेपालबाट एक्लै आउने विद्यार्थी त ठिकै छ, भइरहेको श्रीमान्/श्रीमतीको सम्बन्धसमेत बिच्छेद गरेर कागज बनाउनकै लागि दोस्रो झूटो विवाह गर्ने पनि छन् । नक्कली नै भए पनि 'होम अफिस' लाई साथै बसेको, हाँसखेल, घुमघाम आदि गरेको प्रमाणित गर्नुपर्छ । 'देशको राजनीतिक अस्थिरता, बढ्दो बेरोजगारी, अभाव र सामाजिक संरचनाले युवामा स्वदेश फर्किने चाहना घटेको हुन सक्छ,' समाजसेवी चिकित्सक राघवप्रसाद धिताल -ओबीई) भन्छन्, 'त्यसविपरीत बेलायतमा चाहिँ भौतिक सुखसुविधा, परिश्रमको कदर र विलासिताले धेरै लोभिन्छन् ।' उनको बुझाइमा बेलायत बसेर देश बनेन भन्ने, नेतालाई गाली गर्ने तर आफू यतै पलायन हुने वर्ग अत्यधिक छ । 'गैरकानुनी तबरले यता बस्नुको सट्टा आफूले सिकेको सीप स्वदेश लैजान सके त्यो उत्तम हुने थियो,' उनी सुझाउँछन्, 'युवाशक्ति विदेश पलायन भएर नयाँ नेपाल बन्दैन ।'
डेली मेलका अनुसार गतवर्ष बेलायतमा ७ हजार ५ सय विवाह झूटो प्रमाणित भएको थियो । लुकीछिपी हुने धन्दा भएकाले वास्तविकता यसभन्दा धेरै माथि रहेको बताइन्छ । गतवर्ष दर्ता गर्ने अधिकारीले नै बिहे शंकास्पद लागेर दस महिनामा १ हजार ८ सय २४ शंकास्पद भएको जानकारी होम अफिसलाई गराएका थिए । यहाँको सरकार बढ्दो झूटो विवाह -साम म्यारिज) प्रति अनुदार बन्दै गएको छ । यसअघि दुई वर्ष सँगै रहेको प्रमाणित गर्न सके आवासीय अधिकार दिइन्थ्यो तर यसको दुरुपयोग भएपछि २०१२ जुलाईबाट समयावधि पाँच वर्ष पुर्याइएको छ । झूटो विवाहलाई फौजदारी अपराधअन्तर्गत लिइन्छ । कानुनविद् थापा झूटो विवाह प्रमाणित भएर एक वर्षभन्दा बढी समय सजाय भोगेमा त्यो व्यक्तिको आवासीय अधिकार खोसिन सक्छ । त्यस्तो व्यक्तिलाई फिर्ता पठाइन पनि सकिने उनको भनाइ छ ।
मार्च १८ तारिख बिहान दस बजेको समय । मैले चियाको कप टी टेवलमा राख्दै भनें, “काका र म यसो बाहिर घुम्न जान आँटेका, काकी हजुर पनि जाने कि ? “घुम्नभन्दा पनि गाडी निकै नै मैलो भएकाले धुन अर्को सहरमा जानु थियो । सधैं व्यस्त, यस्तै मौकामा त हो नेपालबाट आउनुभएका आफन्तसँग भलाकुसारी गर्ने । “हामी घुम्न आएका, मौका परेको बेला जाने नि । आज दिन त पनि राम्रो छ ।” काकीले झ्यालबाट बाहिरतिर हेर्दै भन्नुभयो । मलाई पो अप्ठ्यारो लाग्यो, अघिल्लो हप्ता काकालाई मात्र लिएर हिंडेको थिएँ, काकीलाई सोध्दै नसोधी । काकाकाकी दुबै संयुक्तरुपमा जानुहुने भयो । हामी फटाफट बाटो लाग्यौं । हाम्रो गाडी नजिकैको हाइवेमा मिसियो । “यो त्यही घर होइन, अस्ति हामीले बाबुलाई छाडेर गएको ?” मैले एउटा खैरो रङ्गको घर अगाडि गाडी रोकेपछि काकाले सोध्नुभयो । “हो काका, यो घर मेरो मित्र सुधीरको हो । काकाको प्रस्नको जवाफ दिंदै फेरि भनें “एकै छिन है काका, म आइहाल्छु । ” यति भन्दै म गाडीको इन्जिनसमेत बन्द नगरी बाहिर निस्केर लामा लामा पाइला चाल्दै ढोका खोल्न पुगें । सुधीरको घर प्रायजसो बन्द नहुने हुनाले रिङबेल नथिची ढोका तानें । आधा खुलेको बाहिरी ढोकालाई दायाँ खुट्टाले रोकें र बायाँ खुट्टा भित्रपट्ट िखुलेको ढोकामा राखें । त्यहीँबाट देखें, उनी त बैठक कोठाको कार्पेटमा पलेटी कसेर एउटा कानमा कर्डलेस र अर्को कानमा सेलफोन राखेर कुरा गर्दै रहेछन् । म हतारमा उनलाई नै बोलाउँदै आएको थिएँ । उनी फोनमा व्यस्त थिए । त्यसैले उनले मलाई आँखा र टाउकाको इसाराले चुप लाग्ने संकेत गरे । उनले कुरा गरिरहे । म त्यतिन्जेल ढोकामा उनैलाई कुरेर बसिरहें । धेरै बेरसम्म भित्र नआएको देखेपछि उनले पलेटीबाट दाहिने खूट्टो निकालेर मलाई सोफामा बस्ने संकेत गरे । खुट्टाले बोलाएकोमा एक किसिम झनक्क रिस पनि उठ्यो । कलात्मक तरिकाले हातको काम खुट्टाले गरेको देखेर मनमनै हाँस पनि उठ्यो । मित्र त्यतिन्जेल अंग्रेजीमा बोल्दै थिए । त्यसपछि हिन्दीमा बोल्न थाले । उनले निकै महत्वपूर्ण कुरा गरेजस्तो देखिन्थ्यो । लामो कुरा गराइमा उनले विशेष आर्थिक पक्षलाई केन्द्रभागमा राखेका थिए । उनी पटकपटक भनिरहेका थिए “मसँग पैसा छैन । मैले भर्खरै गाडी किनें ।” त्यसपछि उनले उताको प्रश्नको जवाफ दिँदै गए । “त्यस्तै दुई तीन सय ।”……………”म आफूसँग पैसै राख्दिँन ।”……………..”वाइफलाई सोध्नुपर्छ ।”………………”क्रेेडिट कार्ड पनि छैन, डेबिड कार्डमा पैसै छैन ।”……….आदि इत्यादि । उनले दिएको उत्तर त बुझें । तर, मित्र कोसँग के विषयमा कुरा गरिरहेका छन् मैले बुझ्न सकिँन । एक मनले सोचें, “मित्रले कुनै देशीसँग मिलेर ब्यापार गर्न आँटेछन् कि क्या हो ?” फेरि अर्को मनले सोचेंें, “होइन व्यापारका लागि यस्तोखालको बार्तालाप त हुन सक्दैन । फेरि उनी व्यापार गरिहाल्ने हैसियतमा पनि त पुगिसकेका छैनन् ।” ओहो , निकैबेर भइसक्यो, उनी त खालि एकैखालको कुरामात्र गरिरहन्छन् । “यिनी कर्डलेसमा कुरा गरिरहेका हन् कि सेल फोनमा ? दुबै फोन कानमै टाँसेका छन् । कि एउटै कुरा दुई तिर सुनाइरहेका छन्, ।” म आफैं अलमलमा परें । कुरा गर्दागर्दै मलाई दुईतीनपटक भित्र पसेर सोफामा बस्ने संकेत गरिसके । बाहिर गाडीमा काकाकाकी नभएको भए त म भित्र जान्थें पनि होला । अति नै भयो । मेरो धैर्यको बाँध पनि फुट्न लाग्यो । त्यसपछि मैले आफु ढोकैबाट फर्किने संकेत गरें । म हिँड्नै लागेको देखेर आँखाको इसाराले रोकिने संकेत गर्दै फोनमा भने, “होल्ड अन वन मिनेट, मेरा दोस्त आया है” । उताबाट फोन नराख्न प्रेसर आयो क्यारे, उनले कुरा रोकेनन् । एक छिन पछि फेरि “होल्ड अन वन मिनेट” भने यसले पनि काम गरेन । मैले फोन होल्ड गर्न सांकेतिक प्रेसर गरेपछि जबरजस्ती फोन होल्डमा राखेर ढोकामा आए । “कोसँग के कुरा गरेका मित्र, मैले त कूरै बुझिँन त” मैले आˆनो अनभिज्ञता प्रकट गरें । “के भन्ने यार, म त बर्बाद भएँ ” खज्मजिएको कपाल जोडले माड्दै उनले दुखको भाव प्रकट गरे । उनको अनुहार पनि निराशाले भरिएको देखिन्थ्यो । के भएको हो, त्यो, भन्नुस त” मैले जोड दिएँ । “आइआरएसबाट भन्छ, २०१२ र २०१३ सालको ट्याक्स फाइलमा मैले गलत सूचना दिएर सरकारलाई ठगेको देखियो अरे । अहिले जरिवाना तिर्नु पर्ने अरे । पैसा नतिरे एकै छिनमा पुलिस आएर जेल लान्छ भन्छ ।” तपाई त हिन्दीमा कुरा गरिरहनु भएको थियो त हैन, मैले कुरा बुझिसकेको हुनाले मुसुमुसु हाँस्दै भनें । “पहिले अंग्रेजीमा भन्दै थियो, मैले भनेको बुझेन अरे ।
उसैले सोध्यो अरु कुन भाषा जानेको छ भनेर, मैले नेपाली र हिन्दी भनें, त्यसपछि उसले हिन्दीमा कुरा गर्न थाल्यो ।” मित्रले आत्तिँदै भने । मैले सोधें “तपाईको दुबै कानमा फोन किन नि ?” मित्रले स्पस्ट पार्दै भने “पहिले घरको फोनमा गर्यो, फेरि ट्रान्सलेटरका लागि भनेर सेल नम्बर माग्यो, नम्बर दिएपछि उताबाट सेलमा पनि फोन आयो । दुबै फोनमा एउटै कुरा गर्नका लागि दुबै फोन लाइनमा हुनुपर्छ भन्यो । बेलाबेला फोन राखिस् भने तँ झन् ठूलो समस्यामा पर्छस् भनेर थर्काइरहन्छ ।” म मज्जाले हाँसे । उनी म हाँसेको देखेर अक्क न बक्क भए । मनमनमा भने होलान्, “मलाई यत्रो समस्या परेको बेला उ चाहिँं यसरी हाँस्छ ।” त्यसपछि उसले के के भन्यो र कति पैसा माग्यो ? उसले तपाईलाई फोन नराख्न भन्छ हैन ? “हो” उनले भने । तपाईलाई डिपार्ट गरिदिन्छु भन्छ होइन ? “हो” । दुई हजारदेखि तीन हजारको वीचमा कति पैसा माग्यो ? “बाइस सय पचास” उसको फोन नम्बर दिन मान्दैन हो ? मित्रले अनुहार उज्यालो पार्दै भने “तपाईलाई कसरी थाहा भयो यो सब” मैले मित्रको काँधमा धाप मार्दै भनें- “मित्र यिनीहरु ठग हुन्, धेरैलाई यस्ता फोन कलहरु आइसके, मलाई पनि आएको थियो । अबदेखि यस्ता फोन कल आए भने कुरा नगर्नु, मेल गर भन्नु । आइआरएसले कहिले पनि फोन गर्दैन, उसले चिठी पठाउँछ ।” “हो त साँच्चै” मित्र अझ विश्वस्त हुन खोजे ।” “म नहुने कुरा गर्छुजस्तो लाग्छ ? ” आश्वस्त पार्दै मैले भनंे । “ए फोन त होल्ड मै पो रहेछ” मित्रले कुरा गर्न फोन कानतिर दौडाउँदै थिए हातले छिर्के लाएर फोन खोसें र लाइन काटी दिएँ । नम्बर हाइड गरेको त्यही मानिसले फोन गरिरह्यो दुई तीनपटक मैले फोन उठाइँन । मैले मित्रको हातमा फोन राख्दै भनंे “अब फोन नआउला, म तपाईको जीपीएस लिन आएको मेरालेे काम गरेको छैन । एकछिन बाहिर जानुछ ।” जीपीएस त गाडीमै पो होला भन्दै उनले भर्खरै किनेको नीलो होन्डा पाइलटतिर हेरे । अर्को घटना दीपक भाइ मेनेजर भएको सेल ग्याँस स्टेसन मलाई आˆनैजस्तो लाग्छ । हामी तात्तातो कफी हातमा लिएर गफ गरेर बसिरहेका थियौं । हिउँ नपरे पनि चिसो निकै नै धेरै भएकाले होला, मानिसहरु निकै नै कम देखिएका छन् बाहिर । टिर्र टिर्र मेरो फोन बज्यो । हेरें, मिलफोर्डको रोहित भाइले गरेको रहेछ । दीपक भाइलाई फोनमा करा गर्न लागेको इसारा गरेर म स्टोरभित्र हिँड्दै फोन उठाएँ । हेलो । “दाइ नमस्कार, म रोहित बोलेको । ” “नमस्कार, के छ रोहित भाइ, सन्चै ?” “सन्चै, दाइ । मलाई ठूलो समस्या पर्यो ।
एउटा वकिल खोजिदिनु पर्यो ।” “कस्तो वकिल भाइ ? इमिग्रेसन सम्बन्धी ?” “हैन दाइ, ट्याक्ससम्बन्धी, आज आईआरएसबाट फोन आएको थियो……………….। मित्र सुधीरलाई जे-जे भनेको थियो, त्यही कुरा रोहितले सुनाए । रोहितले चाहिँ सुधीरले जस्तो पैसा छैन भनेनछन्, उनले म त्यसै पैसा दिन सक्दिँन वकिलसँग कुरा गरेरमात्रै दिन्छु भनेका रहेछन् । जीउ ढक्क फुलेर आयो । सिंगै पहाडले थिच्न आँटेजस्तो लाग्यो । मुटुको ढुकढुकी बढेर आयो । छाती फुलेर आयो । लाग्यो रोहित ठूलो समस्याको भुमरीमा फस्दैछन् । उनको कुराले मलाई त यति पोल्यो भने उनलाई कस्तो भएको होला ? के गरुँ कसो गरुँ भयो, के भनुँ मुखमा कूनै शब्द नै आएनन् । मैले लामो सास तानेर भने “रोहित भाइ म एकछिन ठन्डा दिमागले सोच्छु अनि फोन गर्छु ल” भनेर फोन राखें । खाँदै गरेको तातो कफी पनि छाडेर दीपक भाइलाई मलाई तुरुन्तै कहीं जानुपर्ने भयो भनेर बाहिर निस्किएँ । गाडीमा गएर एकछिन आँखा चिल्लेर के गर्ने कसो गर्ने भनेर सोचें । कोही चिने जानेका वकिलहरुका बारेमा सोचें । ट्याक्ससम्बन्धी हेर्ने त कोही छैनन् । झट्ट एक जना एकाउन्ट पढेर ट्याक्सको काम गरिरहेका दाइलाई सम्झें र फोन लगाएँ । उहाँ अफिसमा भएको थाहा भएकाले उहाँले फोन उठाउने बित्तिकै उहाँलाई कानेखुसी गेरजस्तै गरेर भने ” दाइ, तपाई अफिसमा हुनुहुन्छ, म धेरै समय लिन्न भन्दै भाइ रोहितले भनेको सबै कुरा सुनाएँ । उहाँले पनि कानेखुसी शैलीमै भन्नुभयो “भाइ यो सब ठगहरुको काम हो । धेरैलाई यस्ता फोनहरु आउने गरेका छन् । आइआरएसले कहिले पनि फोन गर्दैन, चिठी पठाउँछ, फोनै गरे पनि पैसा त कुनै हालतमा माग्दैन ।” दाइ भन्दै हुनुहुन्थ्यो । मैले भनें, दाइ यो घटना त ममाथि नै घटेको थियो, आज के भएछ मैले भुलेंछु । मैले त्यो फोन गर्नेलाई उल्टो साफ गाली गरेर फोन राखेको थिएँ । सम्झाइ दिनुभएकोमा धन्यवाद, रोहित आत्तिएका होलान्, म उनलाई सम्झाउँछु । लामो सास फेरें, मन हलुँगो भएर आयो । ठूलो युद्ध जितेजस्तै लाग्यो । तुरुन्त रोहितलाई फोन गरेर, मलाई आएको त्यस्तै फोन कल र त्योसँग भएका कुराकानी अनि एकाउन्ट जानेको दाइसँग भएको कुराकानी रोहितलाई भनें र निश्चिन्त भएर बस्न भनें । अनि फेरि युद्ध जितेको सिपाहीजस्तो गर्दै खुसी हुँदै स्टोरभित्र फर्केर गएंँ र भनंे “दीपक भाइ, मेरो समस्याको समाधान गाडीबाटै भयो त्यसैले मेरो कफी सक्न आएँ ।”
उसैले सोध्यो अरु कुन भाषा जानेको छ भनेर, मैले नेपाली र हिन्दी भनें, त्यसपछि उसले हिन्दीमा कुरा गर्न थाल्यो ।” मित्रले आत्तिँदै भने । मैले सोधें “तपाईको दुबै कानमा फोन किन नि ?” मित्रले स्पस्ट पार्दै भने “पहिले घरको फोनमा गर्यो, फेरि ट्रान्सलेटरका लागि भनेर सेल नम्बर माग्यो, नम्बर दिएपछि उताबाट सेलमा पनि फोन आयो । दुबै फोनमा एउटै कुरा गर्नका लागि दुबै फोन लाइनमा हुनुपर्छ भन्यो । बेलाबेला फोन राखिस् भने तँ झन् ठूलो समस्यामा पर्छस् भनेर थर्काइरहन्छ ।” म मज्जाले हाँसे । उनी म हाँसेको देखेर अक्क न बक्क भए । मनमनमा भने होलान्, “मलाई यत्रो समस्या परेको बेला उ चाहिँं यसरी हाँस्छ ।” त्यसपछि उसले के के भन्यो र कति पैसा माग्यो ? उसले तपाईलाई फोन नराख्न भन्छ हैन ? “हो” उनले भने । तपाईलाई डिपार्ट गरिदिन्छु भन्छ होइन ? “हो” । दुई हजारदेखि तीन हजारको वीचमा कति पैसा माग्यो ? “बाइस सय पचास” उसको फोन नम्बर दिन मान्दैन हो ? मित्रले अनुहार उज्यालो पार्दै भने “तपाईलाई कसरी थाहा भयो यो सब” मैले मित्रको काँधमा धाप मार्दै भनें- “मित्र यिनीहरु ठग हुन्, धेरैलाई यस्ता फोन कलहरु आइसके, मलाई पनि आएको थियो । अबदेखि यस्ता फोन कल आए भने कुरा नगर्नु, मेल गर भन्नु । आइआरएसले कहिले पनि फोन गर्दैन, उसले चिठी पठाउँछ ।” “हो त साँच्चै” मित्र अझ विश्वस्त हुन खोजे ।” “म नहुने कुरा गर्छुजस्तो लाग्छ ? ” आश्वस्त पार्दै मैले भनंे । “ए फोन त होल्ड मै पो रहेछ” मित्रले कुरा गर्न फोन कानतिर दौडाउँदै थिए हातले छिर्के लाएर फोन खोसें र लाइन काटी दिएँ । नम्बर हाइड गरेको त्यही मानिसले फोन गरिरह्यो दुई तीनपटक मैले फोन उठाइँन । मैले मित्रको हातमा फोन राख्दै भनंे “अब फोन नआउला, म तपाईको जीपीएस लिन आएको मेरालेे काम गरेको छैन । एकछिन बाहिर जानुछ ।” जीपीएस त गाडीमै पो होला भन्दै उनले भर्खरै किनेको नीलो होन्डा पाइलटतिर हेरे । अर्को घटना दीपक भाइ मेनेजर भएको सेल ग्याँस स्टेसन मलाई आˆनैजस्तो लाग्छ । हामी तात्तातो कफी हातमा लिएर गफ गरेर बसिरहेका थियौं । हिउँ नपरे पनि चिसो निकै नै धेरै भएकाले होला, मानिसहरु निकै नै कम देखिएका छन् बाहिर । टिर्र टिर्र मेरो फोन बज्यो । हेरें, मिलफोर्डको रोहित भाइले गरेको रहेछ । दीपक भाइलाई फोनमा करा गर्न लागेको इसारा गरेर म स्टोरभित्र हिँड्दै फोन उठाएँ । हेलो । “दाइ नमस्कार, म रोहित बोलेको । ” “नमस्कार, के छ रोहित भाइ, सन्चै ?” “सन्चै, दाइ । मलाई ठूलो समस्या पर्यो ।एउटा वकिल खोजिदिनु पर्यो ।” “कस्तो वकिल भाइ ? इमिग्रेसन सम्बन्धी ?” “हैन दाइ, ट्याक्ससम्बन्धी, आज आईआरएसबाट फोन आएको थियो……………….। मित्र सुधीरलाई जे-जे भनेको थियो, त्यही कुरा रोहितले सुनाए । रोहितले चाहिँ सुधीरले जस्तो पैसा छैन भनेनछन्, उनले म त्यसै पैसा दिन सक्दिँन वकिलसँग कुरा गरेरमात्रै दिन्छु भनेका रहेछन् । जीउ ढक्क फुलेर आयो । सिंगै पहाडले थिच्न आँटेजस्तो लाग्यो । मुटुको ढुकढुकी बढेर आयो । छाती फुलेर आयो । लाग्यो रोहित ठूलो समस्याको भुमरीमा फस्दैछन् । उनको कुराले मलाई त यति पोल्यो भने उनलाई कस्तो भएको होला ? के गरुँ कसो गरुँ भयो, के भनुँ मुखमा कूनै शब्द नै आएनन् । मैले लामो सास तानेर भने “रोहित भाइ म एकछिन ठन्डा दिमागले सोच्छु अनि फोन गर्छु ल” भनेर फोन राखें । खाँदै गरेको तातो कफी पनि छाडेर दीपक भाइलाई मलाई तुरुन्तै कहीं जानुपर्ने भयो भनेर बाहिर निस्किएँ । गाडीमा गएर एकछिन आँखा चिल्लेर के गर्ने कसो गर्ने भनेर सोचें । कोही चिने जानेका वकिलहरुका बारेमा सोचें । ट्याक्ससम्बन्धी हेर्ने त कोही छैनन् । झट्ट एक जना एकाउन्ट पढेर ट्याक्सको काम गरिरहेका दाइलाई सम्झें र फोन लगाएँ । उहाँ अफिसमा भएको थाहा भएकाले उहाँले फोन उठाउने बित्तिकै उहाँलाई कानेखुसी गेरजस्तै गरेर भने ” दाइ, तपाई अफिसमा हुनुहुन्छ, म धेरै समय लिन्न भन्दै भाइ रोहितले भनेको सबै कुरा सुनाएँ । उहाँले पनि कानेखुसी शैलीमै भन्नुभयो “भाइ यो सब ठगहरुको काम हो । धेरैलाई यस्ता फोनहरु आउने गरेका छन् । आइआरएसले कहिले पनि फोन गर्दैन, चिठी पठाउँछ, फोनै गरे पनि पैसा त कुनै हालतमा माग्दैन ।” दाइ भन्दै हुनुहुन्थ्यो । मैले भनें, दाइ यो घटना त ममाथि नै घटेको थियो, आज के भएछ मैले भुलेंछु । मैले त्यो फोन गर्नेलाई उल्टो साफ गाली गरेर फोन राखेको थिएँ । सम्झाइ दिनुभएकोमा धन्यवाद, रोहित आत्तिएका होलान्, म उनलाई सम्झाउँछु । लामो सास फेरें, मन हलुँगो भएर आयो । ठूलो युद्ध जितेजस्तै लाग्यो । तुरुन्त रोहितलाई फोन गरेर, मलाई आएको त्यस्तै फोन कल र त्योसँग भएका कुराकानी अनि एकाउन्ट जानेको दाइसँग भएको कुराकानी रोहितलाई भनें र निश्चिन्त भएर बस्न भनें । अनि फेरि युद्ध जितेको सिपाहीजस्तो गर्दै खुसी हुँदै स्टोरभित्र फर्केर गएंँ र भनंे “दीपक भाइ, मेरो समस्याको समाधान गाडीबाटै भयो त्यसैले मेरो कफी सक्न आएँ ।”
झन्डै दुई सातादेखि हराएको मलेसियन जहाजको अंश हिन्द महासागरको दक्षिणी भेगमा फेला परेको हुनसक्ने अष्ट्रेलियन प्रधानमन्त्रीले बताएका छन्।
अष्ट्रेलियाको राजधानी पर्थबाट २५०० किलोमिटर टाढा भेटिएको भाग उक्त विमानको अंश हुनसक्ने सम्भाव्यता अष्ट्रेलियाली प्रधानमन्त्रीले व्यक्त गरेका हुन्।
ती सम्भावित अंश के हुन् भनेर पत्ता लगाउन चारवटा विमान त्यसतर्फ पठाइएका छन्। पछिल्लोपटक भेटिएको अंश २४ मिटरको भएको अष्ट्रेलियाली अधिकारीहरुले बताएका छन्। अष्ट्रेलियाली प्रधानमन्त्री टोनी एब्बटले यसबारे सदनमा जानकारी गराउँदै यो जानकारी नयाँ र भरपर्दो भएकोसमेत बताएका छन्। मलेसियाको राजधानी क्वालालम्पुरबाट २३९ यात्रु बोकेर चीनको राजधानी बेइजिङ उडेको मलेसियन एयरलाइन्सको जहाज १२ दिनअघि बेपत्ता भएको थियो।
एजेन्सीहरुका अनुसार अष्ट्रेलियाली प्रधानमन्त्रीले यसबारे मलेसियाली प्रधानमन्त्रीलाई जानकारी गराएको बताएका छन्।
अष्ट्रेलियाको राजधानी पर्थबाट २५०० किलोमिटर टाढा भेटिएको भाग उक्त विमानको अंश हुनसक्ने सम्भाव्यता अष्ट्रेलियाली प्रधानमन्त्रीले व्यक्त गरेका हुन्।ती सम्भावित अंश के हुन् भनेर पत्ता लगाउन चारवटा विमान त्यसतर्फ पठाइएका छन्। पछिल्लोपटक भेटिएको अंश २४ मिटरको भएको अष्ट्रेलियाली अधिकारीहरुले बताएका छन्। अष्ट्रेलियाली प्रधानमन्त्री टोनी एब्बटले यसबारे सदनमा जानकारी गराउँदै यो जानकारी नयाँ र भरपर्दो भएकोसमेत बताएका छन्। मलेसियाको राजधानी क्वालालम्पुरबाट २३९ यात्रु बोकेर चीनको राजधानी बेइजिङ उडेको मलेसियन एयरलाइन्सको जहाज १२ दिनअघि बेपत्ता भएको थियो।
एजेन्सीहरुका अनुसार अष्ट्रेलियाली प्रधानमन्त्रीले यसबारे मलेसियाली प्रधानमन्त्रीलाई जानकारी गराएको बताएका छन्।
५ चैत, क्वालालाम्पुर । मलेसियाका पूर्वप्रधानमन्त्री डा. महाथिर मोहम्मद आइतबार नेपाल आउने भएका छन् । नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गर्न लागेको ‘नेपाल बिजनेश समिट’ मा भाग लिन महाथिर नेपाल आउन लागेका हुन् । महासंघले राजधानीको बोद्धस्थित हायत होटलमा आइतबार र सोमबार बिजनेश समिट आयोजना गर्दै छ । कार्यक्रममा महाथिर प्रमुख वक्ताको रुपमा रहने महासंघका महानिर्देशक डा. हेमन्त दवाडीले जानकारी दिए ।
नेपाल भ्रमणको पूर्वसन्ध्यामा बुधबार महाथिरले मलेसियाका लागि नेपाली राजदुत डा. निरन्जनमान सिंह बस्न्यातसँग भेटवार्ता गरेका छन् । भेटको अवसरमा उनले धेरै पहिलादेखि नेपाल भ्रमणमा जान चाहेको भए पनि यस पटक मौका मिलेको बताएका थिए । उनले नेपालको यात्रामा आफु निकै उत्साहित भएको राजदूतसमक्ष बताएका छन् ।
डा. महाथिर मलेसियामा १९८१ देखि २००३ सम्म २२ वर्ष प्रधानमन्त्री रहेका थिए । उनी प्रधानमन्त्री भएदेखि मलेसियाले विकासमा तिव्र रुप लिन थालेको हो । मलेसियामा मात्र नभई महाथीर विश्वभर चर्चित नेताका रुपमा मानिन्छन् । मलेसियाको आर्थिक सामाजिक विकासमा नेतृत्वदायी भूमिका निर्वाह गरेका महाथिरले कार्यक्रममा आफ्ना अनुभवहरु सुनाउने दवाडीले अनलाइनखबरसँग बताए । ‘उहाँले विकास निर्माण तथा सामाजिक रुपान्तरण सम्बन्धी आफ्ना अनुभवहरु हामीसँग शेयर गर्नुहुनेछ’ दवाडीले भने ।
गत महिना नेपाल उद्योग वाणिज्य संघका अध्यक्ष सुरज वैद्यको टोलीले मलेसिया पुगेर महाथिरलाई नेपाल भ्रमणको निम्तो दिएको थियो । महाथिरसँगै मलेसियाबाट कार्यक्रममा ठूलो बिजनेश डेलिगेसन आउने कार्यक्रम रहेको छ । महानिर्देशक दवाडीका अनुसार डेलिगेसनमा मलेसिया बिजेनश काउन्सिलका पदाधिकारी, उद्योगी, लगानीकर्तासहित ३० जनाभन्दा बढीको सहभागिता रहने छ । साथै, गैरआवासीय नेपाल संघ मलेसियाका पदाधिकारी समेत कार्यक्रममा सहभागि हुने भएका छन् ।
राजदूतसँगको भेटमा महाथिरले नेपालको राजनीतिक अवस्थाबारे चासो राखेका थिए । उनले संविधान बनाउने कुरामा नेताहरुलाई जनताले दबाव दिनुपर्ने बताएका छन् । संविधानमा सबैको सहभागिता हुनुपर्ने भएकाले मलेसियाको संविधान लेख्दा विदेशबाट समेत विशेषज्ञ ल्याएर संविधान लेखिएको स्मरण गर्दै उनले सबैको सहभागितामा संविधान जारी गरेको राजदूतसमक्ष बताए ।
स्रोत र साधन भएर मात्रै देशको विकास नहुने उल्लेख गर्दै दिगो व्यवस्थापन र केही गरौं भन्ने दृढ सोच भएमा मात्रै देशले प्रगति गर्न सक्ने महाथिरको भनाइ थियो । तीन दिनसम्म हुने नेपाल भ्रमणमा महाथिरले राष्ट्रपति लगायतका उच्च अधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको महासंघले जनाएको छ ।
भेटमा डा. राजदुत बस्न्यातले महाथिरको नेपाल भ्रमणले दुई देशवीचको सम्वन्ध अझ प्रगाढ हुने बताएका छन् । भेटमा नेपाली दूतावासका प्रथम सचिव दुरपता सापकोटा समेतको सहभागिता थियो । प्रधामन्त्री सुशील कोइरालाले उद्घाटन गर्ने बिजनेश समिटमा मलेसियाबाट मात्र नभई विभिन्न मुलुकबाट समेत डेलिगेसन आउने बताइएको छ ।
महासंघका अनुसार छिमेकी मुलुक चिनबाट पनि करिव ३० जनाको बिजनेस डेलिगेसन आउने कार्यक्रम छ । साथै, युके, क्यानडा, फ्रान्स लगायतका मुलुकबाट पनि बिजनेश डेलिगेसन आउने भएको छ ।

बेल्जियम । महिलालाई एकढिक्का बनाउँदै सामुहिक रुपमा महिलाहरुका समस्याहरुसँग जुध्नको लागि यशोदा थापा सुबेदीको संयोजकत्वमा एन आर एन ए महिला समिति बेल्जियमको बिस्तार गरिएको छ । नारी दिवसको अवसरमा बिस्तार गरिएको समितिका सदस्यहरूमा सरु गुरुङ, योगिता थापा, रैना बस्नेत,रमिता थापा, मुना के सि,मिना राइ, पूजा, निमा शेर्पा,बिष्णु गुरुङ र मिना केसी रहेका छन् ।
यसैगरी सल्लाहकारमा लीला शर्मा मानन्धर, पुजा प्रधान, अनिता लामा, जुना निरौला, देबी अधिकारी, दुर्गा गुरुङ, इशा गुरुङ-चन्दा , कल्पना मगर,निर्मला बजगाइँ,हरिकला भट्टराई ,इस्वरा शर्मा, भगवती गौतम छन् । अन्यलाई आवस्यकता अनुसार क्रमश थप गर्दै लगिने संयोजक यसोदा थापाले जानकारी दिइन् । अनिता पोख्रेल नेपाली राजदूतावसको तर्फबाट पदेन सम्मानित परिबेक्षक सदस्य रहने कुरा समेत सम्बन्धित संस्थाले प्रस्ट पारेको छ ।
स्पेनमा हुन गैरहेको स्पेन महिला भेलालाई मध्यनजर गर्दै जान इच्छुक महिला दिदी बहिनीहरुले समयमै नाम टिपाउ
न समेत संयोजक थापाले अनुरोध गरेकी छन् ।

टेक्सास । नेपाली जनसम्पर्क समिति नेजस अस्टिन टेक्सासको अध्यक्षमा प्रेमकुमार पाण्डे चयन भएका छन् । च्याप्टर तयारी समितिका संयोजक प्रेमकुमार पाण्डेको सभापतित्वमा एवम् नेजस अमेरिकाका संस्थापक महासचिव तथा केन्द्रिय प्रतिनिधि श्री कृष्ण लामिछानेको प्रमुख आतिथ्यमा अस्टिन, टेक्सासमा सम्पन्न प्रथम अधिवेशनले पाण्डेको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । कार्यसमितिको उपाध्यक्षमा गेहेन्द्रबहादुर केसी र सुनिल मेहता, महासचिव, सचिव र कोषाध्यक्षमा क्रमश श्री कृष्ण प्रसाद अधिकारी, कौशल किशोर भट्टराई र टोपबहादुर डाँगी निर्वाचित भएका छन् । साथै सदस्यहरुमा रोशन वाग्ले, दिपक सिग्देल, युवराज तिमल्सिना, दिनेश केसी, नारायण प्र रिजाल, प्रणयराज अधिकारी, ठाकुर डाँगी, निलम भट्टराई पौडेल र चेतप्रसाद पौडेल चयन भएका छन् ।

कार्यक्रममा नेजस अमेरिकाका तयारी समिति सदस्य ज्ञानेन्द्र बहादुर कार्की, डलास च्याप्टरका पूर्व सभापति तथा नेजस तयारी समितिका पूर्व सदस्य भगवान मैनाली, डालास च्याप्टरका सभापति ओम कुमार भट्टराई, अमृत सापकोटा, हरिबोल भण्डारी, चन्द्रशेखर यादव लगायत स्थानिय नेपाली काँग्रेसका सक्रिय व्यक्तित्वहरुले शुभकामना मन्तव्य दिएका थिए । नेबिसंघका पूर्व केन्द्रिय सदस्य तथा अधिवेशन तयारी समितिका चेतप्रसाद पौडेलको स्वागत मन्तव्य तथा वर्तमान च्याप्टर महासचिव कृष्ण अधिकारीले कार्यक्रम सञ्चालन गरेको कार्यक्रममा नेजस अमेरिका तयारी समितिका संयोजक विष्णु सुवेदी, संस्थापक कोषाध्यक्ष तथा पूर्व तयारी समितिका सदस्य सचिव डा. अर्जुन बन्जाडेबाट शुभकामना सन्देश समेत वाचन गरिएको थियो । नेजसको यहि ५ जुलाईमा हुने अधिवेशनको लागि केन्द्रिय प्रतिनिधिहरु समेत छनौट गरिसकेको छ । केन्द्रिय प्रतिनिधिहरुमा चेत प्रसाद पौडेल, प्रेम कुमार पाण्डे, शिव प्रसाद न्यौपाने, गेहेन्द्र केसी, राजकुमार बस्नेत, लिलाबहादुर केसी, सलिजा पौडेल, टोप ब डाँगी,तुलसी पौडेल, सुभाष पुरी, कुलराज न्यौपाने, गंगा पाण्डे, श्रृजना ढकाल लगायतका प्रतिनिधीहरु चयन भएका छन् ।

पोर्चुगल । फ्रान्सका लागि नेपाली राजदूत मोहनकृष्ण श्रेष्ठले कमी कमजोरीहरुलाई ‘सच्चाउँदै’ अघि वढ्ने प्रतिवद्धता व्यक्त गरेका छन् । पोर्तुगलको लिस्बनमा आइतबार सम्पन्न एक अन्तरक्रिया कार्यक्रममा उठेका गुनासाहरुको जवाफ दिदैं उनले सकेसम्म दूतावास सेवालाई चुस्त दुरुस्त र प्रभावकारी बनाउने बताएका हुन् । कार्यक्रममा दूतावासमा फोन नउठाउने, सेवा सुविधाबारे स्पष्ट जानकारी नदिएको, राहदानी बनाउँदा ढिलासुस्ती र यो त्यो बहानामा दुख दिने गरेको, पत्रसंग नत्थी गरी पठाएको पैसासमेत दूतावासका कर्मचारीले खाइदिएकोबारे पीडितहरुले गुनासो राखेपछि राजदूत श्रेष्ठले अनियमितताका गुनासाहरुमाथि तत्काल छानबीन गर्ने र दोषी ठहरिए नियमानुसार कारबाही गर्ने आश्वासनसमेत दिए । आयोजकहरुले राजदूत श्रेष्ठ र लिस्बनका लागि नवनियुक्त वाणिज्यदूत मकर हमाललाई समस्याहरुको शीघ्र समाधानका अनुरोध गर्दै ज्ञापन पत्रसमेत बुझाएका छन् ।

ज्ञापन पत्रमा नेपालका स्थानीय निकायहरु गाविस, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकाबाट उपलब्ध हुने कागजात र सिफारिसहरुमा एकरुपता नहुँदा धेरै झमेला बेहोर्नु परेको उल्लेख छ । ‘पोर्तुगीस राजदूतावास दिल्लीले इन्भेष्टिगेशन बापत ४० हजार लिने गरेको छ । नेपालमा सोधपुछ गर्न गएको टोलीले समेत खुलेआम पैसा माग्ने गरेको छ ।’ ज्ञापन पत्रमा माग गरिएको छ : ‘त्यसैले काठमाण्डौमा भिसा सङ्कलन केन्द्र वा कन्सुलर स्थापनाका लागि कुटनीतिक स्तरमा छलफल चलाइयोस् ।’ आदिवासी जनजाति महासंघ, पोर्तुगलले आयोजना गरेको कार्यक्रममा राजदूतलाई सम्मान र नवनियुक्त वाणिज्यदूत हमाललाई खादा ओढाएर बधाई दिएका थिए । राजदूत श्रेष्ठसँग मिन पून, नुमा सुब्बा, टेन्डी शेर्पा, गणेश लिम्बु, बीरेन पून, सूर्य भट्टचन र पवित्रा सुब्बा लगायतले जिज्ञासा राखेका थिए । सम्मान, बधाई तथा अन्तरक्रिया कार्यक्रम महासंघ अध्यक्ष दावासाङ्गे पाख्रिनको अध्यक्षता, उपाध्यक्ष कान्छा शेर्पाको स्वागत र योगेन्द्रमिलन छन्त्यालको संचालनमा सम्पन्न भएको थियो ।

क्वालालम्पुर । मलेसियाका लागि नेपाली राजदूत डा.निरन्जन मान सिंह वस्न्यातले नेपाली कामदारको हित हुने काम गर्न आफु सधै लागि परिरहेको वताएका छन् । नेपाली श्रमिकहरुको विषयमा ध्यानाकर्षण गराउँदै नेपाली कांग्रेसको प्रवासमा रहेको भ्रातृ संगठन नेपाली जनसम्पर्क समिति मलेसियाले शुक्रवार वुझाएको ध्यानाकर्षण पत्र वुझ्दै डा.वस्न्यातले यस्तो वताएका हुन् ।बस्न्यातले भने,’सकेजति काम गरिरहेका छाँ । जे जति काम भैरहेको छ । त्यो नेपालीहरुको हितमा नै भएको छ ।’ आफु भर्खर चार महिना अगाडि मात्रै राजदूत भएर आएको उल्लेख गर्दै डा.वस्न्यातले भने,’ मलेसियामा धेरै नेपालीहरु हुनुहुन्छ, धेरै काम हामीले गर्न बाँकी छ । प्राथमिकताको आधारमा नेपाली श्रमिकहरुको हित हुने कामलाई अगाडि वढाउँदै लगिने छ ।’
नेपाली जनसम्पर्क समितिका अध्यक्ष चोलाकान्त पंगेनीद्धारा हस्ताक्षरित ध्यानाकर्षण पत्रमा मलेसियामा नेपालीहरु कति संख्यामा रहेका छन् भन्ने द्वुविधा रहेको, जेलमा रहेका नेपाली श्रमिकहरुको संख्या, स्वदेश पठाउने प्रकृया तथा राज्य कोषवाट उनीहरुलाई निशुल्क स्वदेश फिर्ता गर्न मिल्ने हो भने पहल गर्नु पर्ने, यात्रा अनुमति पत्र लिएकाहरुलाई समेत प्रहरीहरुले समातेर थुनिरहेको अवस्थामा यात्रा अनुमति लिएकाहरु सुरक्षित हुने आधार नभएकाले ध्यान दिनुपर्ने, दूतावासमा सोधपुछ काउण्टरको व्यवस्था गर्नुपर्ने र सोधपुछ काउण्टरमा वस्ने कर्मचारीले श्रमिकको कुरा वुझेर सम्वन्धित निकायमा सरल तरिकाले पुर्याउने वातावरणको तत्कालै शुरुवात गर्नुपर्ने लगायतका उल्लेख गरिएको छ ।
ध्यानाकर्षण पत्र वुझाउन नेपाली जनसम्पर्क समितिका पदाधिकारीहरु शुक्रवार नेपाली दूतावास पुगेका थिए ।
दोहा । यूएईमा मृत्युदण्ड सुनाईएका संखुवासभा मत्स्यपोखरीका अनिस खालिङ राईलाई बचाउनका लागि सुरू गरिएको अभियानलाई कतारबाट ३ लाख भन्दा बढी सहयोग गरिएको छ । ९७ हजार ४ सय बस पठाईएको छ । राईलाई पाकिस्तानीक नागरिकको हत्याको आरोपमा यहाँको अदालतले मृत्युदण्डको सजाय सुनाएको थियो । उक्त सजायबाट उनलाई बचाउन ब्लडमनी दिनुपर्ने हुन्छ । सोही अनुसार अभियनालाई कतारबाट ३ लाख भन्दा ९७ हजार ४ सय २० रुपैयाँ सहयोग पठाइएको हो । यूएई गएको ६ महिनामै हत्याको अभियोगमा जेलमा परेका उनको आर्थिक स्थिति कमजोर छ ।कतारबाट किशोर सुनुवारको संयोजकमा रकम संकलन गरी उक्त अभियानका संयोजक नारद कुमार राई र अनिश खालिङको श्रीमती रबिता खालिङको संयुक्त नाममा रहेको ग्लोबल आईएमई बैंकको खाता नम्बर ३७०७०१०००३७०४ मा पैसा पठाईएको हो । संयोजक सुनुवारले सहयोग गर्नुहुने नेपाल तामाङ्ग सेवा समाज , प्रवासी मगर संघ, भुजेल सेवा समाज, नेपाली महिला समाज, किरात रायृ योयोक्खा सुनार सेवा समाज, सुबो घलान, राजेन्द्र थापा, मेख कार्की, ठाकुर बिक, नुमा चाम्लिङ, राम बजगाई, राम वान्तवा, किरण लामा, लोक बहादुर राई,तिर्थ याम्फु राई, गोपाल राई , जय राई, जहर सिं राई , रिम राई, दिल कुमार राइृ, राम बहादुर रायृ, दान पराजुली, सुभराज थापा, नरेन्द्र राई , जित बहादुर राई, मित्र राई, सम्भु दाहाल , मन्चन बस्नेत, बिमल सुनुवार, राम बहादुर मगर, जे.बि. हमाल , प्रेम लामा साथै सम्पुर्ण सहयोगीहरुलाई धन्यवाद दिए । उनलाई बचाउनकालाई अभियान सुरु भएसँगै बिभिन्न मुलुकमा रहेका गैर आवासिय नेपाली संघ, प्रवासमा स्थापित संघ संस्थाहरु साथै व्यवसायीहरुले उनको जिवन रक्षाका लागी सहयोग रकम जुटाईरहेका छन् । अनिशलाई सहयोग गर्न चाहानेहरुले उनकी श्रीमती तथा अभियानका संयोजक नारद कुमार राइको नाममा रहेको ग्लोबल आईएमई बैंकको खाता नम्बर ३७०७०१०००३७०४ मा रकम जम्मा गर्न सक्नु हुनेछ ।
अबुधावी । गैरआवसिय नेपाली संघ, दुबई क्षेत्रिय समिति यूएईले अनाथ आश्रमलाई सहयोग गरेको छ । चितवनको पुर्वी बकुल्लहरस्थित अनाथ बालबालिका संरक्षण तथा आवास केन्द्र (साहाराको घर) नामक संस्थालाई सहयोग गरेको हो । समितिले साहाराको घर नामक संस्थामा आश्रित बालबालिकाहरुको लागि ५० हजार नेपाली रुपैयाँ बराबरको जिन्सी सामान (फर्निचर,खाद्यान्न सामाग्री तथा स्टेसनरी आदि) सहयोग गरेको हो ।अनाथ आश्रममा रहेका बालबालिकालाई अफ्ठ्यारो परेको सामाजिक सन्जाल मार्फत जानकारी पाएका नेपालीहरु मिलेर आर्थिक संकलन गरेका थिए । गैरआवासीय नेपाली संघ यूयई, दुबई क्षेत्रीय समितिका अध्यक्ष दामोदर दाहालको संयोजकत्वमा संकलित रकम क्षेत्रीय समितिका सदस्य अमर गुरुङले चितवन स्थित अनाथ बालबालिका संरक्षण तथा आवास केन्द्रलाई हालै हस्तान्तरण गरेका हुन् ।
टोक्यो । जापानमा रहेका नेपाली बिद्यार्थीहरुको साझा संस्था नेपाली विद्यार्थी समाज जापान नेसाज ले ज्ञान अदान प्रदानसम्बन्धि कार्यशाला गोष्ठी गर्ने भएको छ । नेसाजले ‘नेपालको कल्याणका लागि साझेदारी ज्ञान’ सम्बन्धि कार्यशाला गोष्ठी फेब्रुअरी २२ तारिख शनिवारका दिन क्योटो युनिभर्सिटीमामा हुनेछ ।

कार्यशाला गोष्ठीमा जापानमा रहेका अनुसन्धानकर्ता, प्राध्यापकहरु, यहाँ अध्ययनरत नेपाली विद्यार्थीले जापानमा हासिल गरेका विभिन्न क्षेत्रका आ-आफ़्ना ज्ञान, सीप, अनुभव र दक्षतालाई मुलुकको हितमा कसरी उपयोग गर्न सकिन्छ भन्ने बिषयमा बृहत छलफल तथा अनुभव साटासाट गर्ने नेसाजका अध्यक्ष जिवकराज बज्राचार्इले जानकारी दिनुभयो । उहाँका अनुसार कार्यशाला शनिवार बिहान ११ बजेदेखि ५ बजेसम्म चल्नेछ । जापानमा रहेका नेपाली बिद्यार्थीहरुको साझा संस्था नेसाजले हरेक वर्ष यस्तो खालको कार्यशाला गोष्ठी गर्दै आइरहेको छ ।

सानफ्रान्सिस्को– ९ दिनअघि क्यालिफोर्नियाको राजधानी सेक्रामेन्टोमा मृत्यु भएका बुटवलका यमनाथ भण्डारीको नेपालीहरूकै सक्रियतामा दाहसंस्कार गरिएको छ।
उनको परिवारका कोही पनि सदस्य अमेरिका आउन नसकेपछि स्थानीय नेपाली सामाजिक संस्थाहरू सन्नी सगरमाथा समाज, नेपाली जनसम्पर्क समितिको सक्रियतामा सहयोग संकलन गरी अन्त्येष्टि गरिएको हो।
अफ्रिकाका विभिन्न मुलुक हुँदै १४ वर्षअघि भण्डारी अमेरिका छिरेका थिए। ४० वर्षे भण्डारी तीन महिनादेखि सेक्रामेन्टोको ...स्पाइस अफ लाइफ' रेस्टुरेन्टमा सेफ थिए। विद्युतीय दाहसंस्कार मेसिन सिमेट्रीमा मंगलबार बिहान १० बजे उनको दाहसंस्कार गरिएको थियो। उक्त कार्यक्रममा झन्डै चार दर्जन नेपाली उपस्थित थिए।
सन् १९९७ मा नेपाल छाडेका भण्डारी अफ्रिकी मुलुक केन्याको नैरोबी, नाइजेरिया, कंगो, युगाण्डा हुँदै सन् २००० मा अमेरिका आइपुगेका थिए। सन्नी सगरमाथा समाजका अध्यक्ष हरिहर दाहालका अनुसार उनले नेपाल छाड्दा उनकी पत्नी कृष्णकला बस्याल गर्भवती थिइन्। तर उनले कान्छी छोरी युनिषालाई भेट्नसमेत पाएनन्।
पारिवारिक स्रोतका अनुसार उनकी पत्नी र दुई छोरी १७ वर्षसम्म उनलाई पर्खेर आनन्दवन–५ रुपन्देहीमा बसिरहेका थिए। दाहसंस्कारमा परिवारको तर्फबाट कोही पनि उपस्थित हुन नसकेपछि अस्तु पठाउने तयारी भइरहेको अध्यक्ष दाहालले बताए। स्वर्गीय भण्डारीका ६ दाजुभाइ छन्। दाजुभाइमध्ये यमनाथ माइला हुन्। भण्डारीको परिवार स्याङजाको कुवाकोट गाविसबाट २०५८ सालमा रुपन्देही बसाइँ सरेको थियो।

.jpg)