कुलेखानी सडक एक महिनाका लागि बन्द
###

 हेटौँडा, चैत्र २० - हेटौँडा हुँदै काठमाडौँ छिर्ने छोटो दूरीको मार्ग हेटौँडा–भीमफेदी–कुलेखानी सडक आजदेखि एक महिनासम्मका लागि बन्द भएको छ । सडक मर्मतका लागि भन्दै बिहान ९ देखि साँझ ६ बजेसम्मका लागि बाटो बन्द गरिएको हो ।

सडक मर्मत अवधिभर सवारी साधन आवतजावत बन्द हुने डिभिजन सडक कार्यालय हेटौँडाले जनाएको छ । प्रहरीले चित्लाङबाट भने गाडीहरु हेटाैँडा गइरहेको बताएको छ ।

भीमफेदी–कुलेखानीको १५ किलोमिटर सडकमध्ये भीमफेदीदेखि उत्तर चार किलोमिटर खण्ड छाडेर बाँकी ११ किलोमिटर सडक कालोपत्र गर्न लागिएको छ । छोटोबाटो बन्द भएपछि हेटौँडाबाट काडमाडौँ जाने टाटासुमो त्रिभुवन राजपथबाट सञ्चालन हुन थालेका छन् ।
####

0 comments

Write Down Your Comment