मान्छे बेहोस गराउने अनौठो आँपको रुखमा पुजाआजा सुरु (भिडियोसहित)
###

कपिलबस्तु, चैत्र २६ । कपिलवस्तुको धनकौली गाउं विकास समिति वडा नम्बर–१ बडिलवामा रहेको अनौठो अाँपको रुख हेर्न आउनेहरुको घुइंचो दिनानुदिन बढ्दै गएको छ । रुखमा दैवीशक्ति भएको कुरा बाहिर आए पछि त यहां पुजाआजाका लागि जिल्ला र जिल्ला बाहिरबाट आउने सर्बसाधारणको भिड नै बढेको हो ।
अदभुत रुखका हांगा बिगाहरु माथि नगई तल आई भुईमा लत्रिएको र भुई छोएर फेरी माथि फर्किएका छन् । करिव डेढ सय बर्ष पुरानो एउटै आँपको रुखमा तीन किसिमको आँप फल्ने गरेको स्थानीयको भनाई छ ।
उक्त रुख पटक पटक काट्ने प्रयास गर्दा पनि कसैले पनि काट्न नसकेको स्थानियहरु बताउंछन । रुख काट्न खोज्दा अकस्मात मौरी आई टोक्न थाल्ने, रुख काट्नेहरु बिहोस हुने गरेपछि रुखप्रति स्थानीयको आस्था झनै बढ्दै गएको स्थानिय जगदिश बरई बताउँछन् ।
रुखमा दैवीशक्ति रहेको भन्दै गाउंलेले रुखको पूर्वपट्टी समयमाई स्थान बनाई पुजाआजा गर्न थालेका छन् । त्यसै गरी रुखको पश्चिम तर्फ मुस्लिम समुदायको मजार छ ।
त्यहाँ ईस्लाम धर्मावलम्बीले पुजा प्रार्थना र भाकल गर्ने गरेका छन । अनौठो आपको रुखमा हिन्दु र मुस्लिम दुबै धर्माबलम्बीको विश्वास रहे पनि सो स्थानको संरक्षण र सम्वद्र्धनमा स्थानिय निकायको ध्यान नगएको स्थानियहरुले गुनासो पोख्ने गरेका छन ।



####

,

0 comments

Write Down Your Comment