पर्वतमा जीप दुर्घटना, आठको मृत्यु, ६ जना घाइते
###

५ कात्तिक, पर्वत । पर्वतमा भएको जीप दुर्घटनामा ८ जनाको मृत्यु भएको छ । ६ जना घाइते भएका छन् । जिल्लाको उत्तरी लेखाफाँट गाविसबाट म्याग्दीको बेनी आउँदै गरेको ग१ज ५११० नम्बरको जीप लेखाफाँट-२ खोलाखेतमा दुर्घटना भएको हो । दुर्घटनामा मृत्यु भएकाहरूमा ४ जना महिला र ४ जना पुरूष रहेका छन् । मृतकहरूको सनाखत हुन सकेको छैन ।

दुर्घटनास्थलमा स्थानीयबासी र प्रहरीले घाइतेहरूको उद्दार गरिरहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । दुर्घटनामा घाइते भएका ८ जनाको उद्दार गरेर उपचाका लागि म्याग्दीको बेनी पठाइएको प्रहरी चोकी मिलन चोकले जनाएको छ । करिव २० जना यात्रु बोकेर म्याग्दी सदरमुकाम बेनी जाँदै गरेको गरेको जीप मंगलबार बिहान दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ हो।

लेखफाँट गाविस २ खोलाखेत नजिकै यात्रुले भरीभराउ जीप सडकबाट करिब तीन सय ५० मिटर तल भिरमा झरेको प्रहरीले जनाएको छ । कच्ची अवस्थामा रहेको सडकबाट जीप खसेपछि स्थानीयबासी र प्रहरीले उद्धार जारी राखेका छन् । घाइतेहरूको उद्दार गरेर उपचरका लागि अस्पताल पठाउने काम भइरहेको प्रहरीले जनाएको छ ।
####

0 comments

Write Down Your Comment