निर्वाचनका लागि साढे सात अर्ब सहयोग प्राप्त
###

८ कात्तिक, काठमाण्डौं । संविधानसभा निर्वाचनका लागि सरकारको शान्ति कोष र विभिन्न दातृ निकायबाट सहयोग आउनेक्रम जारी रहेको छ ।


अहिलेसम्म ७ अर्ब ५७ करोड रुपैयाँ सहयोग प्राप्त भएको छ । निर्वाचन आयोगका प्रवक्ता वीरबहादुर राईले दिनुभएको जानकारी अनुसार यो सहयोगमा सरकारबाट ४ अर्ब ७५ करोड रुपैयाँ र बास्केट फन्डमार्फत दातृ निकायबाट ३ अरब रकम रहेको छ ।

यसका अतिरिक्त अन्य वस्तुगत सहयोग पनि प्राप्त भएका छन् । वस्तुगत सहयोगतर्फ जापान सरकारबाट ब्यालेट बक्स, स्टिकरलगायतका ९ प्रकारका सामग्री र चीन सरकारबाट कैँची, घडी, क्यालकुलेटरलगायतका १६ प्रकारका सामग्री प्राप्त भएको प्रवक्ता राईले जानकारी दिनुभयो ।
####

0 comments

Write Down Your Comment