बैद्यले भने- चार दलका नेतासँग मैदानमै भेट हुन्छ
###

२४ असोज, दाङ । नेकपा-माओवादीका अध्यक्ष किरणले आफुहरुको चुनाव बहिस्कार आन्दोलन हिंसात्मक नहुने बताउनु भएको छ । बैद्यले अब चार दलका नेताहरुँसग मैदानमा भेट हुने भन्दै उहाँले सेना परिचालन गरेर दमन गरे हातमा दही जमाएर नबस्ने चेतावनी दिनुभयो ।


   दाङको लमहीमा भएको बैठकपछि बिहीबार आयोजित पत्रकार सम्मेलनमा बैद्यले भन्नुभयो-’हामी चुनाव जनताको पक्षमा भएन भनेर मैदानमा भन्छौं, त्यहाँ हामीलाई दमन गरे हामी प्रतिरोधमा जान्छौं ।’ माओवादी अध्यक्ष बैद्यले मसिर ४ को चुनावले जनताको संविधान नदिने भन्दै गाउँदेखि केन्द्रसम्म सक्रिय बहिस्कार गर्ने बताउनुभयो । उहाँले भन्नुभयो-’हामी सशक्त भएर अघि बढ्छौं र बहिस्कारको नीति जनतामाझ पुर्‍याएका छौं ।’ सहमतिका लागि भएका वार्ता प्रयासहरु चार दलका नेताहरुले नै भंग गरेको उहाँको आरोप थियो । पोलिटव्यूरो बैठकले वार्ताको औचित्य समाप्त भएको निष्कर्षसहित बहिस्कार आन्दोलन चर्काउने निर्णय गरेपछि माओवादीले दाङमा पश्मिच व्यूरोको प्रशिक्षण बैठक राखेको थियो ।


बैठकमा अवध, थारुवान, मगरात, भेरी-कणर्ाली, सेती-महाकाली राज्य समितिका ७० जना नेतालाई अध्यक्ष मोहन वैद्यसहित उपाध्यक्ष सिपी गजुरेल, महासचिव रामबहादुर थापा ‘बादल’, सचिव नेत्रविक्रम चन्द ‘विप्लव’सहितका नेताहरुले प्रशिक्षण दिनु भएको थियो । एमाओवादी अध्यक्ष प्रचण्डका कारण सहमति भाँडिएको भन्दै बैद्य माओवादीले बहिस्कार आन्दोलन प्रचण्डतर्फ नै केन्द्रीत निर्देशन दिनु भएको स्रोतले बताएको छ ।
####

0 comments

Write Down Your Comment