गरिएको अनुमान, तिनै जवानले आत्महत्या पनि गरे
###

दैलेख , आश्विन २४ - सहयोगी प्रहरी जवानको गोली प्रहारबाट जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी निरीक्षक (इन्स्पेक्टर) को हत्या भएको छ । सहयोगीसमेत रहेका प्रहरी जवान कमल शर्माले बिहीबार बिहान कन्चटमा गोली प्रहार गरि इन्सपेक्टर हेमराज भट्टको हत्या गरेका हुन् । भट्टको हत्यालगत्तै कमलले पनि पेटमा गोली हानेर आत्महत्या गरेका छन् ।


कन्चटमा गोली हान्दा इन्सपेक्टर भट्टको खप्परको भाग नै उछिटि्टएको छ । प्रहरी नायव उपरीक्षक प्रज्वल महर्जन सुरक्षा समितिको बैठकमा भाग लिन नेपालगञ्ज गएकाले भट्ट नै निमित्त प्रमुख थिए । भट्टको हत्याका लागि एसएलआर प्रयोग गरिएको हुनसक्ने अनुमान प्रहरी नायव उपरीक्षक प्रज्वल महर्जनले गरेका छन् । 'कुन हतियार प्रयोग भएको थियो भन्ने अनुसन्धान भइरहेको छ,' उनले भने । गोली हान्नुको कारण प्रहरी निरीक्षक भट्ट बैतडीका हुन् भने प्रहरी जवान शर्मा दैलेखकै ।


 भट्टको सहयोगकीकै रुपमा शर्मा कार्यरत थिए । बस्ने कोठा पनि सँगसँगै थियो । गोली हान्नुको आधिकारिक कारण त खुलाइएको छैन तर सहकर्मी प्रहरीका अनुसार कमलले दसैँमा दुई दिन बिदा मागेका थिए । जिल्ला प्रहरीको निमित्त प्रमुख भट्टसँग मागिएको बिदा स्वीकृत नभएपछि उनी तनावमा थिए । गोली हान्नुको कारण बिदा नपाएकै कारण हुन सक्ने अनुमान गरिएको छ । थप छानबिन टोली आउँदै घटनाबारे छानबिनका लागि क्षेत्रीय प्रहरी कार्यालयबाट छानबिन टोली आउँदैछ ।
####

0 comments

Write Down Your Comment