सिपाहीलाई गोडा धुवाएकोमा लोकमानविरुद्ध सर्वोच्चमा निवेदन
###

३ कात्तिक, काठमाडौं । गोरखकाली मन्दिरका क्रममा प्रहरीबाट गोडा धुवाएकोमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमान सिंह कार्कीविरुद्ध सर्वोच्च अदालतमा निवेदन परेको छ । पत्रकार बाबुराम आचार्य र पर्वतराज घिमिरेले आइतबार सर्वोच्चमा निवेदन दिनु भएको हो । यद्यपि रिट अध्ययनकै क्रममा रहेकाले दर्ता भइसकेको छैन । प्रहरी जवानबाट गोडा धुवाउनु अमानवीय काम भएको भन्दै रिटमा आगामी दिनमा यस्ता काम नगर्न/नगराउन अन्तरिम आदेशको माग गरिएको छ भने लाकमानमाथि कारबाहीको समेत माग गरिएको छ ।

बडादसैंको अष्टमीका दिन अख्तियार प्रमुख लोकमान परिवारसहित मनकामना र गोरखकाली मन्दिर पुग्नु भएको थियो । जतिबेला मन्दिरमा चढाइएको वलीका कारण मन्दिर प्राङ्गण रगताम्मे जस्तै थियो । पूजा अर्चनापछि र्फकने क्रममा गोडामा रगत लागेपछि लोकमानले धुन पानी खोज्नु भएको थियो । लगतैसंगै रहेका डीएसपीको आदेशमा एक सिपाहीले वाल्टिनमा ल्याएको पानीले उनको गोडामा लागेको रगत पखालिदिएका थिए ।
####

1 comments

Write Down Your Comment