###
|
मस्तिष्कलाई स्वस्थ तथा विषरहित बनाउन निद्रा अनिवार्य रहेको पछिल्लो अनुसन्धानले देखाएको छ । अमेरिकी वैज्ञानिकहरुले गरेको अनुसन्धान अनुसार दिउसोको कडा दिमागी मेहेनतका कारण मस्तिष्कमा थुपि्रने विषालु पदार्थ तथा अन्य विकारलाई सफा गर्नका लागि मस्तिष्कले निद्राको उपयोग गर्छ । वैज्ञानिकहरुका अनुसार यहीँ विकार निष्कासन प्रणाली नै निद्राको मुख्य कारण हो ।

साइन्स जर्नलमा छापिएको शोधका अनुसार निद्राका बेला मस्तिष्कका कोषिकाहरु खुम्चिन्छन् जसका कारण न्युरोनहरु बीचको खाली ठाउँ चौडा हुन्छ जसका कारण मस्तिष्क सफा गर्न तरल पदार्थको प्रवाह हुन पाउँछ । मस्तिष्कमा जम्मा हुने विभिन्न खाले हानिकारक रसायनहरु तथा केही विषाक्त प्रोटिनहरु हटाइएन भने त्यसले मस्तिष्क सम्बन्धि विभिन्न खाले स्वास्थ्य समस्या पैदा गर्छ । रोचेष्टर विश्वविद्यालयका शोधकर्ताहरुले गरेको उक्त अनुसन्धानका अनुसार स्मरण शक्तिको विकाश, सिकाइ क्षमतामा वृद्धि जस्ता कुरामा पनि निद्राको ठूलो भूमिका हुन्छ ।
अघिल्लो वर्ष वैज्ञानिकहरुले मस्तिष्कमा विशेष प्रकारका नलीहरु हुने र ती नली मार्फत मस्तिष्कको विकार बाहिर फ्याँकिने प्रणाली रहेको तथ्य पत्ता लगाएका थिए जसलाई उनीहरुले ग्लिम्फ्याटिक सिस्टमको नाम दिएका थिए । मस्तिष्कको फोहोर सफा गर्ने यो प्रणाली मानिस जागा रहेको वा सक्रिय रहेको बेला भन्दा सुतेको बेला १० गुणा बढि सक्रिय हुन्छ ।
####
.jpg)




0 comments
Write Down Your Comment