४ वटै डेपुटी कमाण्डरसहित २७ पूर्वछापामार चुनाव लड्दै -
###

एकिकृत माओवादीका तर्फबाट 'जनसेना' का ४ वटै डेपुटी कमाण्डरसहित २७ जना कमाण्डर आगामी संविधानसभा चुनावमा लड्दै छन्। यसअघिको चुनाव जितेर सभासद भएका डेपुटी कमाण्डरहरू वर्षमान पुन यसपटक मोरङ क्षेत्र नम्बर ९ बाट र जनार्दन शर्मा सल्यान २ बाट उम्मेदवार भएका छन्।

अन्य दुई डेपुटी कमाण्डरहरु नन्दकिशोर पुन काठमाडौं क्षेत्र नम्बर ४तथा चक्रपाणि खनाल कपिलबस्तु –१ बाट उम्मेदवार भएका छन्। यी दुईजना यसअघि चुनाव लडेका थिएनन्।

अघिल्लो चुनावमा लडेका र केही नयाँ अनुहारसहित पूर्व छापामारहरू संविधान बनाउने उद्धेश्यकाा साथ चुनावी मैदानमा उत्रिएका छन्।
ती मध्ये एक जनामात्र महिला पूर्वकमाण्डरले टिकट पाएकी छन्। त्यस्तै क्यान्टोन्मेन्टमा बसेका ५ जना पूर्व छापामारहरु पनि यसपालीको चुनावमा उम्मेदवार छन्।

को-को छन् उम्मेदवारहरु

१. महेन्द्र बहादुर शाही– छैँटौ डिभिजन सुर्खेतका  डिभिजन कमाण्डर((कालिकोट)
२. सरकेश घलान– तेस्रो डिभिजन चितवनका वि्रगेड कमाण्डर (मकवानपुर– १)
३. सरल सहयात्री पौडेल– तेस्रो डिभिजन शक्तिखोरका वि्रगेड कमाण्डर (सिन्धुपाल्चोक १)
४.पारसमणी पौडेल– चौथो डिभिजनका सहायक वि्रगेड कमाण्डर (लमजुङ)
५.वर्षमान पुन–डेपुटी कमाण्डर (मोरङ ९)
६.ओनसरी घर्ति मगर –वि्रगेड कमिसर (रोल्पा २)
७.गोपी बहादुर सार्की– वि्रगेड कमिसर (मोरङ ८)
८.राजकाजी गुरुङ– वि्रगेड कमिसर (पर्वत २)
९.नरबहादुर विष्ट–कमाण्डर (सुर्खेत ३)
१०.हेमराज भण्डारी–जनसेनाका वि्रगेड कमिसर (धनकुटा १)
११. नन्दकिशोर पुन– डेपुटी कमाण्डर (काठमाडौँ ४ )
१२.चक्रपाणी खनाल–डेपुटी कमाण्डर (कपिलबस्तु १)
१३.जनार्दन शर्मा–डेपुटी कमाण्डर (रुकुम२)
१४.गणेशमान पुन– चौथो डिभिजन कमाण्डर (रुकुम १)
१५. होमबहादुर पुन– वि्रगेड कमिसर (दाङ २)
१६. हितराज पाण्डे– वि्रगेड कमिसर (गोरखा २)
१७. भिम प्रकाश शर्मा– वि्रगेड कमिसर (सल्यान २)
१८. टंक आङबुहाङ– वि्रगेड कमिसर (ताप्लेजुङ २)
१९. धिरेन शर्मा– बटालियन कमिसर (इलाम ३)
२०. डम्मर सुवेदी– बटालियन कमिसर (सुनसरी ६)
२१.झलक बहादुर मगर–सहायक कमाण्डर (झापा ५)
२२.विशाल खड्का– बटालियन कमिसर (दोलखा १)
२३.रमेश सिग्देल– बटालियन कमिसर (तनहुँ ३)
२४.गौरी शंकर चौधरी– वि्रगेड कमाण्डर (कैलाली ४)
२५.मिलन चौधरी– कम्पनी कमिसर ,कमैया (दाङ ४)
२६.छत्र बहादुर श्रेष्ठ– बटालियन कमाण्डर (बारा ६)
२७. सुख वीर बुढा– बटालियन कमाण्डर (मुगु)


####

0 comments

Write Down Your Comment